नेपालगन्ज :
“स्वदेशमै शिक्षा, सबैको ईच्छा“ नारा सहित नेपालगन्जमा शैक्षिक मेला सुरु भएको छ ।
स्टडि इन नेपाल भन्ने मुल उदेश्य बोकेर बिहीवार बाट सुरु मेलाको उद्घाटन आयोजक भिजन मिडियाका सिइओ जीवन लामा गोले र नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले संयुक्त रिबन काटेर गरेका थिए ।
महंगो मुल्यमा विदेश जानुको सट्टा सस्तो र सर्वसुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरू नेपालमै भएतापनि अध्यनका लागि बिदेश जाने परिपाटी बढेको र त्यसले देशको अर्थतन्त्र समेत बाहिर पुर्याउने भएकाले लर्न लोकली फिट ग्लोबली भन्दै यस बर्ष पनि मेला आयोजना गरिएको मेलाका प्रदेश पाँच संयोजक भरत कुमार बिष्टले बताए।
भोलि सम्म चल्ने मेलामा काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, ठाकुराम बहुमुखी क्याम्पस लगायतका कलेजले विद्यार्थीहरूलाई नि:शुल्क परामर्श दिने छन् ।























