थारु भाषाको रोमान्टिक गीत ‘तुहार नथिया’ को म्युजिक भिडियो सार्वजनिक

थारु भाषाको रोमान्टिक गीत ‘तुहार नथिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । राम चौधरी ‘आरोह’ को शब्द तथा केशब बडुको संगित रेहको गीतमा प्रमोद डिजी र अन्नु चौधरीको आवाज सजिएको छ । सो गीतका् म्युजिक भिडियो बाँकेका पर्यटकीय स्थल गाभर लगायतका बिभिन्न ठाँउमा छायाकंन गरिएको छ । नवराज सुबेदीको निर्देशन रहेको गीतमा कृष्णराज अधिकारी र शोना बज्राचार्यको अभिनय रहेको छ ।

थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका सुबेदीलाई एक मेहनती होनहार निर्देशकका रुपमा आफ्नो परिचय बनाईसकेका छन् । यो गीत उनको थारु भाषाको चौथो म्युजिक भिडियो भएको निर्देशक सुवेदी बताए । साथै यस गीतको सङ्गीत संयोजन चर्चित सङ्गीत संयोजक, गायक तथा थुप्रै सुपर हिट गीतको सङ्गीत संयोजन गरिसकेका केशब बडुले गरेका छन् । गीतमा कोरियोग्राफी रोयल डान्स कम्पनीका भरत शाहीले गरेका छन् ।

गीतमा एक जोडी प्रेमी बीचको कथालाई देखाइएको छ । विभिन्न कारणले टाढा भएपछि र भेट हुने आशमा रहेका जोडीको कथालाई कलात्मक तरिकाले भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियो तलको लिंकमा छ ।

प्रतिक्रिया