समीक्षाको स्टाटस-‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु’

विहिबार विहान गायिका समीक्षा अधिकारीले एक भावुक स्टाटस लेखेकि छिन् । दुई महिना ११ दिनपछि गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा स्टाटस पोष्ट गरेकी हुन् ।

समीक्षाको पछिल्ला स्टाटसले एकैसाथ प्रेमका धेरै आयाम र अर्थलाई व्याख्या गर्छ ।उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन् ।

यद्यपि, आफ्नो नयाँ गीतको लागि उनले यी शब्द लेखेकी हुन् वा मनको भाव रु यी कुरा जान्नु रोचक हुनेछन् ।

उनी पछिल्लो समय जीवनको कठिन क्षणबाट गुज्रिएकी छन् र उनको यो स्टाटसले प्रेमभित्र आशावाद चित्रण गर्छ ।

यस्ताे छ उनले लेखेकाे स्टाटस :

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु

तिम्रो लागि आफैंलाई पार्न सक्छु

तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म

त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु’

प्रतिक्रिया