चौध वर्षपछि मोडलिङ क्षेत्रमा फर्किए दिपक शाही (भिडियो सहित)

नेपालगन्ज :

चौध वर्षपछि मोडलिङ क्षेत्रमा फर्किए दिपक शाही (भिडियो सहित)

बाँकेका दिपक शाही चौध वर्षपछि मोडलिङ क्षेत्रमा फर्किएका छन। शाही नयाँ र्‍याप गीत “हाकिम-त्रास” मार्फत मोडलिङ क्षेत्रमा फर्किएका हुन।

समसामयिक विषयमा आधारित गीतमा लेजी र रबार्ज रेकर्डसको बिट, मिक्सिङ र मास्टरिङ रहेको छ। भिडियोमा शाहीले आकर्षक अभिनय गरेका छन। भिडियोलाई साउथ साइड प्रोडक्सनले निर्माण गरेको हो।

भिडियोमा निर्देशन, छायांकन तथा सम्पादन एलिस नेपकिङ र सुजन श्रेष्ठले गरेका हुन। हाल जापानमा रहि व्यवसाय सन्चालन गरिरहेका शाही सानैदेखि मोडलिङ क्षेत्रमा रुचि राख्ने गर्थे। उनी अब व्यवसायसँगै अभिनयलाई अगाडि बढाउने सोचमा छन।

भिडियो :

प्रतिक्रिया