यात्रा स्मरण : नेपालगन्ज देखि बुटवलसम्म

के-पी- घिमिरे :

यात्रा स्मरण

मलाई नेपालगन्ज देखि बुटवल सम्मको यात्रा गर्नु थियोे त्यसमा पनि माघ महिनाको ५ गते कठ्याङ्ग्रिने जाडो मनमा अनेकौं कौतुहलता आउथ्यो। मेरो बसको सिटमा बाटो भरी गफगाफ गर्ने मानिस बसे त हुन्थ्यो । कतै मैले दोहोरो कुरा गर्न खोज्ने संगै सीटमा बस्ने मान्छेले कुनै वास्ता नगर्ने हो भने बाटोमा बोर हुने त होइन भनेर मनमा कुरा खेलाउदा खेलाउदै म नेपालगन्ज बसपार्कमा पुगे ।

बसपार्क नपुग्दै बाटोमा नै मानौ म कुनै सिकार हु भने जस्तै गरेर बसका स्टाफहरु झम्टनु यो कुनै नौलो कुरा थिएन ए दाजु कहाँ जाने, आउनुस यता मिलाएर लैजाउला, त्यो बस त अहिले जादैन यस्तै यस्तै आवाजहरु पलास चिरिए जस्तै चिरिएर आउथे । एकोहोरो कुरा गर्ने बसका स्टाफहको दिनचर्या नै हो , हाम्रा कुरा सुन्ने उनीहरूलाई फुर्सद नै हुदैनथ्यो ।

जाडो महिनाको समय भएर होला बसमा त्यति भिडभाड थिएन बस काउन्टरमा टिकट नकाटेर म बसमा बसे किनकि त्यो बस नारायणगढ जाने थियोे । दिउँसो दुई बजे बसमा चढेको बसले लोकल सवारी उठाउदै जादै गरेको थियोे । मेरो संगैको सिटमा एकजना अन्दाजी ३० देखि ३२ वर्ष उमेरको हुनुपर्छ युवती शमशेरगन्ज भन्ने ठाउँबाट अाएर बसिन् ।

बस आफ्नो रफ्तारमा विस्तारै विस्तारै गुडिरहेको थियोे । ती युवतीसित परिचय गर्ने आट मलाई आएन कतिबेला मनले सोच्छु जे होला होला कहाँ जाने भनेर सोध्छु अनि उत्तिखेरै मनले सोच्छ कतै गाली पो गर्ने हुनकी भनेर मनमा यस्तै कुराहरू खेल्दा खेल्दै दाङको लमही पुगियो ।

लमहीमा चियापान गरेर बस पुनः आफ्नो रफ्तारमा घुइकियो । सिटसंगै भएको हुदा जब बस भालुवाङ हुदै कालाकाटेबाट अगाडि बढ्यो उनको मुखबाट एउटा मलिन स्वर निस्कियो मानौ त्यो बसन्त ऋतुमा कोइलीको हो म सतर्क थिए हजुर कहाँ जाने मैले तुरुन्त उनको आवाज नसकिदै ग‍ोरुसिङ्गे अनि हजुर नि भनेर प्रति प्रश्न गरे उनले म नि बुटवल सम्म भनेर भनिन् । यति लामो यात्रामा संगै अायौं तर बोलचाल भएको थिएन अब झर्ने ठाउँ नजिकिदै गर्दा बोलचाल भयो भनेर मनमनै सोचेँ ।

उनले मलाई अनुरोध गर्दै बसेको सिट साट्न भनिन् मलाई बान्ता आउछ घुमाउरोमा म उता बस्छु ल, मैले सहर्ष स्वीकार गरी हुन्छ भने ।

मन असाध्यै खुसी भयो अब भने कुराकानी गरेर समय कटाउन सजिलो हुने भयो भनेर उनलेे सिट साट्न बित्तिकै सुतेको बाहाना गरिन सायद यता उता हेर्दा र कुरा गर्दा बान्ता आउछ भनेर होला । उनको निन्द्राको अाँखा चन्द्रौटा काटेपछि इमिलिया पुगेपछि मात्र खुल्यो ।

उनको अाँखा खुलेको ५ मिनेट पछि मेरो ओर्लने ठाउँ आयो उनी सित धित मारेर कुरा गर्ने मेरो चाहाना अपुरै रह्यो । म झर्ने बेलामा उनको अनुहार मलिन देखिन्थ्यो सायद उनलाई पनि मसित कुरा गर्न नपाएकोमा पछुतो भएको थियोे होला ।

प्रतिक्रिया