महेन्द्र बहुमुखी क्याम्पसमा सुरु भयो बिबिए बिपिए खेल सप्ताह

के-पी-घिमिरे :

महेन्द्र बहुमुखी क्याम्पसमा सुरु भयो बिबिए बिपिए खेल सप्ताह

“स्वास्थ को लागि खेलकुद, राष्टका लागि खेलकुद” भन्ने मुल नाराका साथ त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्यामपस नेपालगन्जमा बिहीबार देखि बि-बि-ए बि-पि-एखेल सप्ताह सुरु भएको छ।

उक्त बार्षिक खेल सप्ताहलाई बि-बि-ए र बि-पि-ए मा अध्ययनरत बिद्यार्थीले आयोजना गरेका हुन भने महेन्द्र बहुमुखी क्यामसले सहयोग गरेको छ।

बार्षिक शैक्षिक कार्यतालिका अनुसार आयोजना गरिएको खेल सप्ताहमा बि-बि-ए र बि-पि-एका विद्यार्थी सहभागी हुनेछन । सातौं सेमस्टरमा अध्ययनरत विद्यार्थी जिवन सिंह ठकुरीले प्रत्यक बर्ष यो कार्यक्रम हुँदै आइरहेको र उक्त कार्यक्रमले ब्यक्तित्व बिकासमा ठूलो भुमिका खेल्ने र “स्वास्थ को लागि खेलकुद, राष्टका लागि खेलकुद” नारालाई सबैमाझ प्रेरिणाको रुपमा सन्देश दिन चाहेको बताए।

कार्यक्रममा बोल्दै बि-बि-ए कार्यक्रम प्रमुखले सप्ताहले बिध्यार्थीको मानसिक र ब्याक्तित्व बिकासमा ठूलो भुमिका खेल्ने आशा राख्नुभयो। सप्ताहलाई प्रमुख अतिथी निमिक्त क्याम्पस प्रमुख अर्जुन पोख्रेल सहित उपस्थित सम्पुर्ण अतिथीहरुले सयुक्त रुपमा बास्केटबल रेफृलाई दिएर उद्घाटन गरिएको थियोे ।

सप्ताहमा फुटबल, बास्केटबल, भलिबल, कृकेट, ब्याडमिन्ट्न सहित ९ खेल सन्चालन हुने जानकारि खेल संयोजक सातौं सेमेस्टरमा अध्यनरत बिद्यार्थी दिपेस केसीले जानकारी दिए।

प्रतिक्रिया