‘चिया र बिस्कुट मात्रै खाएर भएपनी अबिभावक भेला गर्नुस’ – अध्यक्ष यादव

नेपालगन्ज :

'चिया र बिस्कुट मात्रै खाएर भएपनी अबिभावक भेला गर्नुस' - अध्यक्ष यादव

जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवले शिक्षाको गुणस्तरमा सुधार ल्याउन आवश्यकता परे बर्षमा ४ पटक सम्म पनि अबिभावक भेला गर्नु पर्ने जिकिर गरेका छन् ।

‘जबसम्म अबिभावक भेला हुदैन तब सम्म शिक्षामा सुधार हुदैन , बरु चिया र बिस्कुट मात्रै खाएर भएपनी अबिभावक भेला गर्नुस अनि त्यसबाट जुन किसिमको शिक्षाको गुणस्तरमा वृद्धि हुन्छ त्यसले गाउँ पालिकाक शिक्षाको स्तरलाई नै कायापलट गर्छ ।’अध्यक्ष यादवले बताए ।

बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षासम्बन्धि पदाधिकारीका लागि क्षमता विकास कार्यशालाको समापन कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

'चिया र बिस्कुट मात्रै खाएर भएपनी अबिभावक भेला गर्नुस' - अध्यक्ष यादव

साथै अध्यक्ष यादवले शिक्षाको गुणस्तरमा वृद्धि गर्न अबिभावकनै चेतनशिल हुनुपर्ने समेत बताएका छन् । अबिभावकले नै विद्यार्थी तथा स्कुलको अवस्थाको बारेमा जानकारी लिनु पर्ने र त्यसै अनुसार काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

तीनदिनसम्म सञ्चालन कार्यशालाको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बिहीवार उद्घाटन गर्नुभएको थियो ।

जानकी गाउँपालिका अन्तरगत रहेका मा. वि. ३, निमावि: ४, प्रा. वि. १७ संगै मदरसा: १४, गुरुकुल १ र संस्थागत विध्यालय: ६ वटा गरि जम्मा ४५ वटा छन् । त्यसमध्येबाट केहीलाई छनाैट गरि तालिममा सहभागी बनाईएकाे थियो ।

समापन कार्यकक्रममा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष भुमुसरा धिताल , प्रमुख प्रशासकीय अधिकृत हरि खत्री ,तथा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख भोला राम पङ्गालीले गरेका थिए ।

'चिया र बिस्कुट मात्रै खाएर भएपनी अबिभावक भेला गर्नुस' - अध्यक्ष यादव
'चिया र बिस्कुट मात्रै खाएर भएपनी अबिभावक भेला गर्नुस' - अध्यक्ष यादव

प्रतिक्रिया