दोहा :

बिश्वब्यापी रुपमा फैलिएको कोरना भाइरस कतार पनि देखिएको छ ।
कतारमा ठूलो संख्यामा नेपाली कामदार रहेकोले कतारको दोहास्थित नेपाली राजदूतवासले कोरोना (कोभिड–१९) भाइरसको संक्रमणबाट जोगिन त्यहाँ रहेका नेपालीहरूलाई अपिल गरेको छ ।
कतारका एक नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आइतबार विज्ञप्तिमार्फत नेपालीहरूलाई सजग गराएको हो ।










