चलचित्र ‘डेसान’ बाट निशानको डेब्यू

काठमाडौं :

चलचित्र ‘डेसान’ बाट निशानको  डेब्यू  ।

‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ का विजेता निशान चौहानले म्यूजिक भिडियो निर्देशक कमल एकचै मगरको निर्देशनमा चलचित्र ‘डेसान’ बाट नायकको रुपमा डेब्यू गर्दैछन् ।

सामाजिक विषयवस्तुमा निर्माण हुने चलचित्रलाई चक्र महर्जनले खिच्नेछन् । ‘डेसान’ बाट नायकको परिचय थप्न लागेका निशानले खुशी ब्यक्त गर्दै चलचित्रको कथावस्तु र आफ्नो भूमिका राम्रो लागेका कारण काम गर्न राजी भएको बताउदै उनले भने- ‘फिल्ममा मेरो भूमिका एकदमै भिन्न छ ।

सानै देखि हिरो बन्ने रहर बोकेका निशानले आफूले पाएको भूमिकालाई इमानदारपूर्वक निर्वाहा गर्न कोशिश गर्ने उनी बताउँछन् । स्क्रिप्ट र टिम दुवै राम्रो भएका कारण फिल्म पनि राम्रो बन्ने उनको विश्वास छ ।

चलचित्रमा उनीसँगै नम्रता सापकोटा, पुनम थापा, भोलाराज सापकोटा, कविता आले, नुरुङ राई, आरुष जंग सारु लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया