‘मारूनी’ लण्डन शो सम्पन्न,गौतम भन्छिन्- ‘दर्शकको उपस्थितीले त खुसी बनाएको छ’

काठमाडौं :

‘मारूनी’ लण्डन शो सम्पन्न ! गौतम भन्छिन् ‘दर्शकको उपस्थितीले त खुसी बनाएको छ ।

‘पूनम इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्र ‘मारूनी’लाई लण्डनका दर्शकले रुचाएका छन् । नागरिक समाज संग कुरा गर्दै लण्डनमा राखिएको दुई शोमा नै त्यहाँका दर्शकको उत्साहजनक साथ र माया दियको निर्मात्री पूनम क्षेत्रि गौतमले जानकारी गराईन ।

लण्डनको दुई शहर अल्डरसट र बाल्चिनमा चलचित्रको शो राखिएको थियो । जहाँ ‘दर्शकको राम्रो उपस्थिती रहेको थियो । निर्मात्री गौतमका अनुसार चलचित्रलाई सबैदर्शकले रुचाउनुका साथै विषयबस्तु र प्रस्तुतीलाई तारिफ समेत गरेका थिए ।

‘चितवन युथ युके’को मुख्य आयोजना गरेको शोमा निर्मात्री पूनम संगै चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको उपस्थिति रहेको थियो । यस भन्दा अगाडी चलचित्रले केही देशमा शो सकाइसकेको छ ।

चलचित्रको शो अब स्कटल्याण्ड, अमेरिका लगायतका देशहरुको तयारीमा छ ।’ अप्रिल ३ तारिखमा सिक्किम, दार्जिलिङ, सिलिगुढी लगायतका ठाउँहरुमा पनि शो रहने पूनमले बताइन् ।

नवल नेपाल निर्देशित चलचित्र ‘मारूनी’मा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङको मुख्य भूमिका रहेको छ । तेस्रो लिंगीको कथा बोल्ने यस चलचीत्रलाई नेपालमा पनि रुचाईएको थियो ।

‘मारूनी’ लण्डन शो सम्पन्न ! गौतम भन्छिन् ‘दर्शकको उपस्थितीले त खुसी बनाएको छ ।

प्रतिक्रिया