नेपालगन्ज :

जानकी गाउँपालिका अन्तरगतको पिप्रहवा देखि खजुराखुद्र नहर सम्मको बाटो निर्माणको कामले तिब्रता पाएको छ ।
आठ करोड , १६ लाख ६१ हजार एक सय ३७ रुपैयाँ ७९ पैसामा सम्झौता भएको उक्त बाटो १८ महिनामा सक्ने लक्ष्य रहेको जानकी गाउँपालिका इन्जिनियर निसार अहमदले बताए ।

६ किलोमिटर ६४० मिटर लामो नाली , कल्भर्ट सहितको बाटोको निर्माण कार्यले तिब्रता पाएको हो ।
जानकी गाउँपालिका अन्तरगतको पिप्रहवा देखि खजुरा नहर सम्मको बाटोको कार्यले तिब्रता पाएपछि स्थानिय समेत खुसी भएका जानकी वडा नम्बर ४ का बासिन्दा शिव यादवले बताए ।









