नेपालगन्ज :

नेपालगंजमा जारी छैठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधी नेपाल प्रहरीले जितेको छ ।
बुधबार नेपालगन्ज रंगशालास्थित कबर्डहलमा सम्पन्न फाईनलमा एपिएफलाई २५-१६,२५-१७ र २५-१८ को तीन सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो ।
उपाधीसंगै प्रहरीले नगद २ लाख र उपबिजेता एपिएफले १ लाख नगद प्राप्त गरेका छन भने तेस्रो हुने नेपाली सेनाले न्यु डायमण्डलाई पराजित गर्दै ५० हजार नगद प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल प्रहरीकी उषा भण्डारी घोषित भईन । त्यस्तै बेस्ट ब्लकरमा सेना कि संगम महतो, बेस्ट सेटरमा प्रहरीकी कमला पुन, बेस्ट सर्भर प्रहरीकै मनिषा चौधरी, बेस्ट लिबरोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ, बेस्ट प्रशिक्षकमा प्रहरीका रुपेश बिस्ट र बेस्ट स्पाईकरमा एपिएफकी निरुता ठगुन्ना घोषित भए ।











