नेपालद्वारा ओमानसामु ३११ रनको विशाल लक्ष्य प्रस्तुत, कुशल मल्लको ओडीआईमा पहिलो शतक

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । सुरुवातमा खराब पर्दर्शन गरेपनि नेपालले क्रमश खेलमा सुधार गर्दै फराकिलो स्कोर बनाउन सफल भयो ।

ओडिआईमा ३१० रन बनाएको नेपालको लागि यो कीर्तिमानी स्कोर हो । खेलमा युवा अलराउण्डर कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीले अर्धशतक प्रहार गर्दा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो । 

प्रतिक्रिया