मिस वर्ल्ड टोनी एन सिंह नेपालमा

काठमाडौं :

टोनी एन सिंह

‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । तीन दिने लामो भ्रमणका लागि उनी बिहीबार बिहान काठमाडौं आइपुगेकी हुन् । उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।

उनी सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँ घुम्ने बताइएको छ । टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण हिमालयन ग्रेट ट्रेल अवलोकनका लागि पुग्नेछिन् ।

संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

प्रतिक्रिया