
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा शुक्रबार देखी दुई दिन चल्ने परम्परागत सांकृतिक खाना महोत्सव (फुड फेस्टिवल) सुरु भएको छ ।
मार्क्सवादी ज्ञान केन्द्रको आयोजना तथा खजुरा क्षेत्र संरक्षण समितिकाे व्यवस्थापनमा खजुराकाे वडा नम्बर ४ खजुरामा रहेको खजुरा मिनी पार्क तथा रिसोर्ट उद्यानमा फुड फेस्टिवल सञ्चालन गरिएको हो ।

उक्त फुड फेस्टिवलकाे खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले कार्यक्रममा राखिएको ब्यानर पढेर उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष विकले मौलिक खानाका परिकारलाई फेस्टिवलकाे माध्यमबाट प्रचारप्रसार गर्न पाउँदा खुसी भएको बताए । उनले पलिकबाट यस्ता किसिमका कार्यक्रमलाई सधै सहयोग रहने बताए ।
मार्क्सवाद ज्ञान केन्द्रका वरिष्ठ उपाध्यक्ष विश्वेश्वर कटेलले देशभर मार्क्सवाद ज्ञान केन्द्रले नेपाली खानाका परिकारलाई प्रबंधन गर्न फुड फेस्टिवल आयोजना गरिरहेको बताए ।

कार्यक्रम संयोजक डा. निमानन्दा रिजालले नेपाली परिकार विदेशमा पनि प्रख्यात भएकोले हाम्रा मौलिक खानाहरुको प्रबंधन गर्न जरुरी रहेको बताए । कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल लगायतको उपस्तिथि रहेको थियो ।
फुड फेस्टिवल कार्यक्रमको व्यवस्थापकको जिम्मेवारी पाएकोमा आफूहरु खुसि भएको खजुरा क्षेत्र संरक्षण समिति अध्यक्ष प्रेम बुढाथोकीले बताए भने कार्यक्रमको सहजीकरण मार्क्सवादी ज्ञान केन्द्रका उपाध्यक्ष जनार्दन बाबू कट्टेलले गर्नुभएको थियो ।
मनकामना युवा क्लवको समन्वय रहेको उक्त फुट फेस्टिवल शनिबारसम्म सञ्चालन हुनेछ । फेस्टिवलमा चौधरी, गुरुङ, मुस्लिमलगायतका समुदाय खानाका परिकार राखिएको छ ।
