“क्यान्सर अस्पतालले ४० जिल्लाका क्यान्सर बिरामीहरुको उपचार गरिरहेको छ” – अध्यक्ष मल्ल

नेपालगन्ज : सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा अस्पताल बिकास समितिले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

सो क्रममा अस्पताल बिकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले पश्चिम नेपाललाई लक्षित गरि स्थापना भएको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालले पश्चिम नेपालकै बाँके , बर्दिया , दाङ लगायत करिब ४० जिल्लाका क्यान्सर बिरामीहरुको उपचार गरिरहेको बताएका छन् ।

अस्पतालले पछिल्लो समय अस्पताल बाट प्रदान हुने सेवा सुविधालाई फराकिलो बनाउँदै लिएको छ ।
७० वर्ष नाघेका जेष्ठ नागरिक बिरामीलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५० प्रतिशत अस्पताल विकास समितिले व्यहोर्ने गरि छुटको पनि व्यवस्था गरेको छ ।

यस्तै गरिब, असहाय तथा विपन्न क्यान्सरका बिरामीहरुका लागि निशुल्क उपचार तथा एवम् १० प्रतिशत बेड छुट्याइएको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

मल्लले अस्पताल विकास समितिको अध्यक्ष भएर आएको एक वर्षको कार्यकालमा ५४ हजार ४ सय ३६ जना क्यान्सरका मात्रै विरामीले सेवा लिएको जानकारी गराउनु भएको छ ।

अस्पताल बिकास समितिको अध्यक्ष भएर आएको एक बर्षको प्रगति विवरण सार्वजनिक गर्दै अध्यक्ष मल्लले भनु भयो , ´ राज्यले जनशक्ति परिपुर्ति गर्न नसकेका कारणले अस्पतालमा जनशक्तिको अभाव भएको छ भने अहिले अस्पताल काज , अस्थायी दरबन्दी बाट चलाउनु परेको बताउनु भएको छ।

क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीको सहजताका लागि विरामी ओसारपसारमा सहज होस् भन्नका लागि भारतीय राज दुतावास बाट एक/एक थान सुविधासम्पन्न एम्बुलेन्स र कर्मचारी बस हस्तान्तरण भई संचालनमा आएको पनि बताउनु भएको छ ।

क्यान्सरका बिरामीहरुलाई रगतको आवश्यक पर्दा नेपालगन्ज लगायत अन्य ठाउँमा रगत लिन जानूपर्ने बाध्यता थियो भने अहिले क्यान्सर अस्पताल परिसरमै ब्लड बैंक स्थापना गरि संचालन पनि यहीँ एक वर्षको कार्यकालमा गरिएको अध्यक्ष मल्लले बताउनु भएको छ ।

प्रतिक्रिया