नेपालगन्ज :

नेपालगन्जको भेरी अस्पतालमा कोरोनाको आशंकामा कुनै पनि बिरामी परिक्षणका लागि नगएको पाइएको छ ।
भेरी अस्पतालका सुपरिटेन्डेन्ट डा . प्रकाश थापाका अनुसार अहिले सम्म अस्पतालमा कोरोनाकै आशंकामा कुनै पनि बिरामी परिक्षणकालागी न आएको बताउनुभएको छ ।
उता भेरी अञ्चल अस्पताल नेपालगन्जले कोरोना विरुद्ध सतर्कता अपनाउदै आइसुलेसन वार्डको ब्यवस्था गरेको छ । अस्पतालले तत्कालका लागी आइसुलेसन वार्डमा पाँच सैयाको ब्यवस्था गरेको छ ।











