युएई :

संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ। दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुको पूर्ण परिचय भने खुलाइएको छैन।
मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् । यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर १ लाख भन्दा बढि संक्रमित भएका छन् भने ३, ८८४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण अहिले विश्वका १ सय ७ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ










