भिष्म लोध /बाँके :

चर्चित थारु गयिका तथा मोडेल श्रीदेवी थारुको अर्को नयाँ आईटम गित दर्शकमाझ आएको छ ।
थारुको यो पटक चर्चित मोडेल तथा गायक चक्र बमको साथमा चवन्नी छैली बोलको गीत सार्वजनिक भएको हो । तराईमा होली परेको मंलगबारका दिन सार्वजनिक भएको गीतले दर्शकहरुलाई लोभ्याउन थालेको छ ।
चक्र बमको युटुय्ब च्यानलबाट सार्वजनिक भएको चवन्नी छैली बोलको गीतले छोटो समयमै चर्चा पाउन थालेको छ । गीतमा श्रीदेवी, थारु समुदाय तथा बम पहाडी समुदायको प्रतिनिधित्व गर्दै देखिएका छन् ।
फास्ट बीटमा रहेको गीतमा बमले छैलीसंग माया बस्यो यो पहाडीको, थारुको माया मिठो जस्ता कुरा गरेका छन् । गीतलाई बिक्रम चौहानले केरियोग्राफी तथा निर्देशन गरेका छन् ।
गीतमा नेपाली र थारु गीतको चटपटा मिश्रण देख्न पाइन्छ । त्यस्तै गीतमा थारुको अघिल्लो चर्चित गीत चवन्नी मुस्कि बोललाई पनि जोडिएको छ ।
उमेश मुस्कानको शब्द संगीत रहेको गीतमा उमेश तथा थारु स्वयंको स्वर रहेको छ । गीतलाई मन पराउने तथा प्रतिक्रिया दिनेहरु गीत सार्वजनिक भएको एक दिनमै लाइन लागेका छन् ।
बाँकेको पेडारी घर भएकी श्रीको चवन्नी मुस्कि, तुहार फिगर, बैश केकर लाग, साली भातु, मोडेल वालीले छोटो समयमा भार दर्शकले रुचाएर चर्चामा आएका हुन ।









