चलचित्र “लप्पन छप्पन २”को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

नेपालगन्ज :

चलचित्र "लप्पन छप्पन २"को पहिलो गीत सार्वजनिक (भिडियो सहित)

मुकुन्द भट्ट निर्देशित चलचित्र “लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक भएको छ ।शुक्रबार सार्वजनिक ‘झुसे बारुलो’ बोलको गीतमा आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको आवाज रहेको छ । गीतमा मिस्टर आरजेको शब्द तथा संगीत रहेको छ।भने, गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।

डान्सिङ नम्बरको गीतको भिडियो आकर्षक बनेको छ। भिडियोमा नायक शिव श्रेष्ठ , सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पन थापा, कविता नेपाली लगायतको आकर्षक डान्स रहेको छ। भिडियोलाई नरेशनाथ योगीले कोरियोग्राफी गरेका हुन। हेर्नुस भिडियो…

बि.सं २०७७ सालको बैशाख १२ गतेबाट प्रदर्शन हुने चलचित्र इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा निर्माण भएको हो।

चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, गोविन्द शाही, एन्जल श्रेष्ठ, प्रकाश कुँवर, शक्ति श्रेष्ठ, आना ढकाल, श्रृजना सिना लगायतका कलाकारको अभिनयको रहेको छ ।

चलचित्रका निर्माता चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटी हुन। प्रकाश कुँवर र निर्मल कुमार मिश्र चलचित्रका कार्यकारी निर्माता हुन।

चलचित्रमा कथा, पटकथा र संवाद निर्देशक भट्ट, अमित शर्मा र विवेक पाण्डेको रहेको छ। पुरुषोत्तम प्रधानके खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया