भेरी अस्पतालमा न्यूरो सेवा ,काठमाडौं तथा लखनउ जानु पर्ने अवस्थाको अन्त्य

नेपालगन्ज :

भेरी अस्पतालमा न्यूरो सेवा ,काठमाडौं तथा लखनउ जानु पर्ने अवस्थाको अन्त्य

भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक न्यूरो सेवा सुरु भएको छ । अस्पतालमा न्यूरो सर्जन हरि पौडेल आएसँगै टाउकोमा चोट लागेका विरामीहरुलाई उपचारका लागि अव काठमान्डौं तथा भारतको लखनउ जानु पर्ने अवस्थाको अन्त्य भएको हो ।

विगत दुई महिनादेखि नै अस्पतालमा न्यूरो सेवा दिन सुरु गरिएको जानकारी दिंदै डाक्टर पौडेलले यो अवधिमा ४÷५ जना विरामीको जटिल खालको शल्यक्रिया सफलतापूर्वक गरिएको जानकारी दिनुभयो ।

यो अवधिमा ४०÷५० जना न्यूरोका विरामीेले सेवा लिएका छन् । चितवन पश्चिम सरकारी अस्पतालमा न्यूरो सर्जन भएको भेरी अस्पतालमात्र हो ।

न्यूरो उपचार यसै पनि महगो छ, तर निजी अस्पतालमा भन्दा भेरी अस्पतालमा धेरै सस्तोमा उपचार भइरहको छ डाक्टर पौडेलले भन्नुभयो ।

भेरी अस्पतालमा जुन उपकरण जनशक्ति छ त्यसले काठमान्डौं र लखनउ बराबरको न्यूरो सेवा दिने डाक्टर पौडेलको दावी छ । तर न्यूरो सेवाबारे धेरैलाई जानकारी नहुँदा विरामीहरुले अनावश्यक दुःख पाउने गरेको र महंगोमा पर्ने गरेको उहाँको भनाइ छ ।

डाक्टर पौडेलले भेरी अस्पतालबाहेक बचेको समयमा नेपालगन्ज सुर्खेतरोडको औद्योगिक क्षेत्र अगाडी रहेको रामारोशन मेडिकलबाट समेत सेवा दिदै आउनुभएको छ ।

प्रतिक्रिया