नेपालगन्ज :

मिस नेपाल २०२० को नेपालगञ्ज अडिसन आज ( शुक्रबार ) सप्पन्न भएको छ।
द हिडन टिजरले हरेक वर्ष गर्दै आएको मिस नेपाल प्रतियोगितामा भाग लिन चाहनेले मिस नेपालको आज नेपालगन्ज अडिसनमा छुटे पनि आधिकारिक वेबसाइट wwwmissnepal.com.np मा गएर आवेदन दर्ता गर्न सक्ने जनाएको छ ।
मिस नेपालको अडिसन फाराम निशूल्क भर्न सकिने नेपालगञ्ज जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठले जानकारी दिए।
हिजो भएको ओरेन्टेसन कलास कार्यक्रममा हामिले ४२ जना लाई ओरेन्टेसन दिएको थियौ , फलस्वरूप गुणस्तर लाई ध्यान दिने भयेकोले आज नौ जना सहभागी भएका थिए। यो नेपालगन्जमा अहिलेसम्मकै सबैभन्दा राम्रो सहभागिता भयेको द हिडन ट्रेजरका डाइरेक्टर प्रमोद कन्सकारले बताए ।
मोफसलमा मिस नेपालको सहभागिता जनाएका र मापदण्ड पुगेकालाई काठमाडौं बोलाइनेछ मिस नेपाल सुपरानेसनल २०१९ रोज लामाले बताए।
मिस नेपालमा १८ वर्षदेखि २६ वर्ष उमेर समूहका युवतीहरुको अडिसन अध्यक्ष प्रज्वल श्रेष्ठ, द हिंडन ट्रेजरका कन्सकार र मिस नेपाल सुपरानेसनल २०१९ रोज लामा ले लिनु भएको कार्यक्रम संयोजक प्रकाश कुंवरले जनाएको छ ।
आयोजकका अनुसार सन् २०२० मा मे १५ मा मिस नेपाल घोषणा गरिनेछ र छनौट भयेका हरुलाइ पछी खबर गर्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो।









