कोरोनाको उच्च जोखिममा नेपालगन्ज , यसरी गर्न सकिन्छ तयारी !

नेपालगन्ज :

सात वटै प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा पनि ‘कोभिड–१९ परीक्षण केन्द्र’ स्थापना गर्न संघीय सरकारसँग माग गरेका छन् । उनीहरूले अत्यावश्यक सामान खरिदका लागि कानुन र नियम खुकुलो बनाउनुपर्ने पनि बताएका छन् । मुलुकभर काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा मात्र कोभिड–१९ को परीक्षण हुन्छ ।

मुख्यमन्त्री र प्रदेश मन्त्रीहरूले अपर्झट अवस्थामा जनशक्ति व्यवस्थापन, क्वारेन्टाइन स्थापना र आवश्यक औषधि खरिद गर्न कानुन र नियमले अप्ठेरो पारेको बताइरहदा नेपालका अधिकाश अस्पतालहरु साधारण बिरामिकै चाप छ । क्वारेन्टाइनको ब्यवस्थापन गर्ने स्थान र भवन ( अल्पकालीन हस्पिटल ) को ब्यवस्थापन नत संघीय सरकारले अवधारणा ल्याएको छ नत प्रदेश र स्थानिय सरकारले नै ।

विशेषगरी नेपालगन्ज कोरोना भाइसरका लागि नेपालकै उच्च जोखिममा रहदा नेपाल सरकार तथा स्थानिय सरकारले त्यसतर्फ ध्यान दिन नै सकेको छैन ।

उच्च जोखिममा रहेको नेपालगन्जले कोरोना भाइसरस विरुद्धको त्यारी गरि सक्नुपर्नेमा त्यस्तो कुनै आभास गर्न नसकेको स्थानिय बताउछन् – त्रासका बिच जीवन बिताउनुपरेको छ , खुल्ला सिमाना र सिमा पारी कोरोनाको रोगी भेटिनुलाई सामान्य रुपमा लिन सकिँदैन तर सरकारले नत सिमामा कडाइका साथ चेकजाँच गरेको छ नत कोरोनाको रोगी भेटिएमा त्यसको उपचारको लागि कुनै तयारी नै गरेको छ , नेपालगन्ज १२ का अमित थापा बताउछन् ।

कोरोना भाइरसको लागि चिनले आपतकालीन रुपमा हस्पिटल निर्माण गरेर उपचार गरेर महामारीको रुपमा रहेको कोरोनालाई जितेको छिमेकी राज्य चिनबाट नेपाल र विशेषगरी नेपालगन्जले केही सिक्नै पर्ने हुन्छ । कम लागत र समयमा निर्माण गर्न सकिने प्रबिधिको घर तथा हस्पिटल निर्माण गर्न सकिने भएपनि स्थानिय तथा संघ र प्रदेश सरकार त्यसतर्फ भने मौन देखिन्छ ।

नेपालगन्जमा प्रीकास्ट प्रविधिको घर, कार्यालय तथा हस्पिटल बनाउन सकिने र त्यसकोलागी सरकारले मानवबस्ती भन्दा केही टाढा प्रीकास्ट प्रबिधिको क्वारेन्टाइन हस्पिटल निर्माण गरेर कोरोनाको लागि तयारी रहन सके उच्च जोखिममा रहेको नेपालगन्ज र सिमानाकामा रहेका शहरहरुका बासिन्दाले सरकारको अनुभुती गर्न सक्थे भने त्यसप्रति सरकार कोरोना प्रती चासो र संबेदनसिल रहनुपर्ने बिज्ञहरु बताउछन् ।

प्रीकास्ट प्रबिधि बाट एउटा 10’x10′ को घर निर्माण गर्दा जम्मा १.५ लाखको दरमा निर्माण गर्न सकिने र चिनले निर्माण गरे जस्तो प्रीकास्ट को हस्पिटललाई भित्र पार्टेसन गरेर निर्माण गर्ने हो भने अझ कम मुल्यमा त्यस्तो हस्पिटल निर्माण गर्न सकिने बिज्ञहरु बताउछन् ।

यसरी नेपालगन्जमा पनि कोरोनाको लागि अग्रिम तयारी गर्दा जुन किसिमको जनतामा त्रासको वातावरण सृजना भएको छ त्यसमा कमि आउने र कदमकदाचित कोरोनाको संक्रमण नेपालगन्जमा देखिएमा त्यसको उपचारमा सहजता हुने पक्कै छ भने भरतबाट आउने हरेकको कडाइका साथ कोरोना चेक गर्नुपर्ने जरुरी छ ।

यो पनि हेर्नुस् :




प्रतिक्रिया