केजीएफ २ को फर्स्ट लुक पोस्टर सार्वजनिक , संजय दत्तले यसरी शेयर गरे

काठमाडौं :

केजीएफ २ को फर्स्ट लुक पोस्टर सार्वजनिक  , संजय दत्तले यसरी शेयर गरे

दक्षिण भारतिय चलचित्र केजीएफ च्याप्टर एकले भारतमा मात्रै नभएर बिश्वका कयौं देशमा व्यापार र दर्शकको मन जितेको थियो ।

चलचित्र केजीएफ च्याप्टर एकमा साउथका (कर्णाटक) चर्चित हिरो यशले अभिनय गरेका थिए ।

चलचित्रले २५० करोड भारती रुपैयाँ भन्दा बढिको कमाइ गरेको थियो ।

चलचित्र केजीएफ च्याप्टर एक गतसाल डिसेम्बरमा तमिल, तेलुगु, मलयालम र हिंदी भाषामा चलचित्र हलमा प्रदर्सन भएको थियो ।

चलचित्र केजीएफ च्याप्टर एक कन्नड फिल्म इन्डस्ट्रीजको सबैभन्दा हिट चलचित्र बनेको थियो ।

यो बर्ष ‘केजीएफ’ को सीक्वल को रिलिज हुने क्रममा रहेको छ ।

यो चलचित्रमा बलिउडका चर्चित नायक संजय दत्तको समेत महत्वपूर्ण भुमिका रहने छ ।

चलचित्र केजीएफ च्याप्टर दुई को फर्स्ट लुक संजय दत्तले आफ्नो ट्विटर हैंडलमा शेयर गरेका छन।

संजय दत्तले टुइटरमा फास्ट लुक सार्वजनिक गरे संगै चलचित्र उद्योगमा यसको चर्चा चुलिएको छ ।

प्रतिक्रिया