चर्चित मोडेल अन्जली अधिकारी फिचर्ड ‘शुभकामना’ रिलिज [भिडियो ]

काठमाडौं :

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस {कोभिड–१९} का कारण  नेपाली चलचित्र उद्योग पूर्ण रुपमा प्रभावित भए पनि नेपाली सांगीतिक छेत्रमा गीतहरु भने केहि संख्यामा सार्वजनिक भैरहेका छन् ।

यसै क्रममा ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले लोकप्रिय गायिका मेलिना राइको स्वर रहेको  ‘शुभकामना’ बोलको गीत सार्वजनिक गरेको छ ।

लोकप्रिय कवि तथा गीतकार भावेश भुमरीको शब्द र रोशन गुरुङको सगीत रहेको गीतको म्युजिक भिडियोमा चर्चित मोडेल अन्जली अधिकारी र बालकलाकार एरिक बी शाहको अभिनय रहेको छ । गौरव गिरीको निर्देशनमा बनेको भिडियोमा सुरेश राउतको सम्पादन र उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको छ।


ड्रीम्स गेट इन्टरटेन्ट्मेन्टले अरु पनि धेरै हिट हिट गायकगायिकाको स्वरमा रहेको गीतहरुको म्युजिक भिडियो निर्माण गरिरहेको र अब छिट्टै नै रिलिज गर्दै जाने  र यो गीतलाई पनि यसअघिका गीतहरुलाई जस्तै माया गरिदिन श्रोता,दर्शक एबम मिडिया हाउसलाई  प्रोपाइटर ईश्वर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया