सकियो कपिल-सुनीलको दुश्मनी, सलमान खान संगै देखिए एउटै तस्वीरमा

काठमाडौं :

सकियो कपिल-सुनील को दुश्मनी, सलमान खान संगै  देखिए एउटै तस्वीरमा

कमेडी किंग कपिल शर्मा र सुनील ग्रोवर अलग भएपछि कहिल्यै एउटै फ्रेममा आएका थिएनन् ।

सुनील ग्रोवर कपिलको हरकतका कारण उनिहरु एक अर्का देखि टाढा भएका थिए ।

सुनिल र कपिल बिचको बोलचाल बन्द भए संगै जसको नोक्सान कपिल शर्मा संगै सुनिललाई समेत परेको थियो ।

कपिलको शो लाई धक्का समेत पुगेको थियो भने सुनिल पनि डिप्रेसनमा पुगेका थिए ।

उता कपिलले केही समयको लागि शो नै बन्द गर्नुपर्ने अस्वस्था सृजना भएको थियो ।

यी सबै भए संगै कपिल र सुनिल पुनः एक पटक एक साथ फ्रेममा देखिएका छन् ।

कपिल शर्माको डुब्दै गरेको करियरलाई उकास्ने बलिउडका किङ सलमान खानले फेरि एक पटक कपिल र सुनिललाई मिलाउन लागिपरेका छन् ।

बलिउडका गडफादरको नामले परिचित सलमान खानले फिल्मि इन्डस्ट्रीजमा कयौंलाई मौका दिएका थिए भने कपिल शर्मालाई ओरालो लागेको बेला साथ दिएका थिए ।

यस्तो लाग्छ कि सलमान खानले कपिल शर्मा र सुनील ग्रोवरको पुनः एक पटक एउटै कार्यक्रममा ल्याउने छन् ।

सलमान खान कपिल शर्माको राम्रो साथिको रुपले चिनिन्छन भने उता सलमानले सुनील ग्रोवरको लागी आफ्नो चलचित्र भारतमा मौका दिएका थिए ।

त्यसैले सलमानले सलमान फेरि कपिल शर्मा र सुनील ग्रोवर को एउटै कार्यक्रममा ल्याएर आएका छन् ।

कपिल शर्माले आफ्नो इंस्टाग्राममा एउटा तस्वीर शेयर गरेका छन् जसमा उनि सुनील ग्रोवरको साथ देखिन्छन् ।

जुन तस्वीर सलमान खानको भाई सोहेल खानको जन्मदिनको पार्टिको हो ।

प्रतिक्रिया