मिस नेपालगन्ज तथा लिटिल मिस भेरीका प्रतिस्पर्धीद्वारा बागेश्वरी सरसफाइ

पुस १२ गरे शनिबार फिनाले


नेपालगन्ज:

पुस १२ गरे शनिबार

एक्स जेनेरेसनको आयोजनामा नेपालगन्जमा हुन गैरहेको “मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९”को तयारी तिव्र रुपमा अघि बढिरहेको बेला प्रतिस्पर्धीलाई सोमबार आयोजक एक्स जेनेरेसनले बागेश्वरी मन्दिरको भ्रमण तथा सरसफाइ कार्यक्रममा समावेश गराएको छ ।

बिश्वकै एकमात्र जुङ्गे महादेवको मुर्ती रहेको र हिन्दु आस्थाको केन्द्रको रुपमा रहेको बागेश्वरी मन्दिर शक्ति पिठमा मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९ का प्रतिस्पर्धीलाई भ्रमण संगै सरसफाइमा समेत सहभागी गराइएको इभेन्टका आयोजक कम्पनी एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोग जंग शाहले बताए ।

हरेक दिन कुनै न कुनै क्रियाकलापमा सहभागी गराउदै आएको आयोजक एक्स जेनेरेसनले यसअघि पाँच तारे होटेल सोल्टिमा प्रतिस्पर्धीलाई तालिम समेत प्रदान गरेको थियो ।

मिस नेपालगन्ज तथा लिटिल मिस भेरीका प्रतिस्पर्धीद्वारा बागेश्वरी सरसफाइ

बागेश्वरी शक्ति पिठ भ्रमण र सरसफाइ कार्यक्रम पछि आयोजक एक्स जेनेरेसनका प्रेसिडेन्ट शाहले धार्मिक आस्था संगै नेपालगन्जको पर्यटनको प्रमुख आकर्षण समेत रहेको बागेश्वरी शक्ति पिठमा सरसफाइ क्रियाकलापमा समावेश गराउँदा प्रतिस्पर्धीमा सकारात्मक भावन जागृत हुनेमा बिश्वास लिएको बताएका छन् ।

मिस नेपालगन्ज तथा लिटिल मिस भेरीको लागि अडिसनबाट छानिएर आएका प्रतिस्पर्धीहरुलाई एक्स जेनेरेसनका एसिस्टेन्ट कोरियोग्राफी तथा इभेन्ट कोर्डिनेटर सुमन थापा र दिपिका श्रेष्ठले तालिम दिइरहेका छन् भने इभेन्टको कोरियोग्राफ अस्विनी झाले गर्ने आयोजकले बताएका छन् ।

सौन्दर्य प्रतियोगिताको ट्यालेन्ट राउन्ड पुस ३ मा सम्पन्न भैसकेको छ ।

पुस १२ गरे शनिबार मिस नेपालगन्ज तथा लिटिल मिस भेरि २०१९ को छिनोफानो हुनेछ भने इभेन्टको फोटोग्राफी निरज कार्की (एल्भिन) ले गरेका छन् ।

प्रतिक्रिया