मिस नेपालगन्ज तथा लिटिल मिस भेरीको ट्यालेन्ट राउन्ड सम्पन्न , फिनाले पुस १२ मा

नेपालगन्ज :

तस्वीर :निरज कार्की (एल्भिन)

एक्स जेनेरेसन एड एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा मिस नेपालगन्ज तथा लिटिल मिस भेरीको शनिबार ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ ।

ट्यालेन्ट राउन्डको निर्णायक मण्डलमा समाजसेवी तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज नगर समितीकी अध्यक्ष रचना श्रेष्ठ, समाजसेवी एवं ठकुरी पत्रकार समाज नेपालका अध्यक्ष करुणा शाह, राष्ट्रिय हाजिरजवाह र वक्तव्यकला प्रतियोगिताको विजेता सन्तोष खड्का र नेपालगन्जकी चर्चित फेसन डिजाइनर बिन्ती आलेले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा जानकी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सुरेश यादव , विशिष्ट अतिथिमा समाजसेवी तथा तरुण दल बाँकेका सदस्य अर्जुन जंग शाह, वरिष्ठ खेलकुद पत्रकार टिएस ठकुरीका साथै अतिथिमा ठकुरी सहयोग संजाल कर्णाली प्रदेश प्रमुख देव बहादुर शाही , ठकुरी सहयोग संजाल बाँकेका सम्पूर्ण परिवार , पत्रकार रामु ओली , बिद्यार्थी नेता बिबेक प्रताप मल्ल, सिल्क बुटिकका प्रोप्राइटर साधना खड्का तथा सौभाग्य जंग शाह लगायतका अतिथि रहेका थिए ।

ट्यालेन्ट राउन्डमा मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९ का प्रतिसपर्धिले आ-आफ्नो प्रस्तुती दिएका थिए । जसको रिजल्ट मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९ को फिनालेको दिन मिस ट्यालेन्ट घोषणा गरिने आयोजक एक्स जेनेरेसनले जनाएको छ ।

कार्यक्रमको सभापतित्वमा गरेका एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोग जंग शाहले कार्यक्रममा उपस्थित अभिभावक, प्रतिसपर्धि, निर्णायकमण्डललाई धन्यवाद व्यक्त गरेका थिए । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य किशोर थापा तथा नमस्ते भिलेज रिसोर्टका प्रोप्राइटर पशुपति दुलाललाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।
इभेन्टको कोर्डिनेट तथा असिस्टेन्ट कोरियोग्राफ दिपिका श्रेष्ठ र सुमन थापाले गरेका थिए, इभेन्टको फोटोग्राफ निरज कार्की ( एल्भिन) ले गरेका छन् भने कार्यक्रमको संचालन तथा मिडिया कोर्डिनेट राम चन्द्र पौडेलले गरेका छन् ।




प्रतिक्रिया