बिष्णु बि-क- गुल्मी

कोरोना भाइरस हटेन अझै ,मनबाट डर गएन अझै
कहाँ छन, के गर्दै छ्न आफन्त ,सम्झेर निद लागेन अझै
कोरोना भाइरस हटेन अझै ,मनबाट डर गएन अझै ।।
कुन बेला जान्छ कोरोनाभाइरस कसैलाई थाहा भएन अझै
विश्व नै धेरै कापेछ आज भाइरस लाको शरीर देख्दा
कोरोना भाइरस हटेन अझै मन बाट डर गएन अझै ।
मरेको छोरो नभेटेपछि बेहोस आमा व्युझिनन अझै ,
आमाको पुकार सुनेन होला धर्तिले काप्न छोडेन अझै
सन्तानको चिन्ता लागेरै होला बगेको आँसु रोकिएन अझै
कोरोना भाइरस हटेन अझै मन बाट डर गएन अझै ।
कोरोना सङ्गै जलेको देशको ,झझल्को आउन छोडेन अझै
अशान्ति हुन्छ सोचेर मलाई यो मनको त्रास घटेन अझै
कोरोना भाइरस हटेन अझै मन बाट डर गएन अझै ।
कहिले सम्म हो दुख खप्ने,कसैलाई थाहा भएन अझै
कोरोना भाइरस हटेन अझै मन बाट डर गएन अझै।
सपना पूरा भएन अझै सम्झेर निद लागेन अझै ।।।










