पवन बुढा

विश्वले कोरोना भाईरस ( Covid 19) को संकरमण संग लडिरहँदा हाम्रो देश नेपाल पनि यसवाट अछुतो छैन हाम्रो देशमा हामी सम्पुर्ण नेपाली पनि त्रासपुर्ण वातावरणमा यसको संकरमण रोक्न सरकारले गरेको निर्णय लक डाउन अन्तरगत होम क्वारेन्टाईनमा छौं,आशा छ सरकारको निर्णयलाई पुर्ण रुपमा पालना गरि हुम्लीवासि लगाएत पुरै देशवासिमा कोरोना भाईरसले छुने छैन सवैलाई शुभकामना पनि, यस्तै त्रास पुर्ण मनलाई जन्मभुमीमा पुगेका यातायातका साधन सहितको फोटोले मेरो ध्यान जन्मभुमी तिर तानेपछि मन प्रफुल्ल भएर मातृभुमीमा विगतका कष्टकर भोगाई र पछि हुन सक्ने सहज भोगाईलाई समेत समेटेर हर्षितमुद्रामा आफ्ना बिचार र तर्कहरू राख्दैछु ।
कभरफोटोमा देखीएको ठाँउ कर्णाली प्रदेश हुम्ला जिल्लाको सदरमुखकाम सिमिकोटवाट ४४ कोष टाढा दक्षिणि भेगमा पर्ने साविक श्रीनगर गा.वि.स.को केन्द्र श्रीनगर,गल्वा हाल अदानचुली गाउँपालीकाको केन्द्र श्रीनगर मेरो जन्म थलो अथवा मात्रीभुमी हो । हामी धेरै बर्ष राज्यको अघोषित आन्तरिक नाकाबन्धिको चपेटामा परेर राज्य र सरकार चिन्नलाई साईत जुरेन,धेरै पटक धेरै राज्य ब्यवस्था बदलियो,धेरै पटक धेरै सरकार बदलिय तर हाम्रो जिवनशैलिमा भने कुनै परिवर्तन नआएर भिटामियूक्त नुनको सट्टा बस्तुविनिमय प्रथाद्वारा मास,भटमास संग साँटेको भोटे(ढिके) नुन प्रयोग गरियो ,शद्ध खानेपानीका कुरै छोडौ खोलामा बगिरहेको पानि लिन गाग्रो बोकेर १/२ घण्टा हिँड्नु परो र धारा भउको ठाउँ एक गाग्रो थाप्न १/२ घण्टा पालो कुर्नु परो,खाना संग तरकारि पनि खाँदा रहेछन् भन्ने कुरा त सहर पसेपछि थाहा भयो, दाल र भात भयो भने उत्तम खाना खायको भान हुन्थ्यो नत्र भात र रोटिको नुने पानी,लसुनेपानी, सितेपानी जस्ता पानीको आईटम संगैं दोस्ति हुन्थ्यो मासुभात खान र अलिक राम्रो कपडा लगाउन त पुर्णिमा र तिहारनै कुर्नु पर्थ्यो,कपडा धुने साबुनको सट्टा राम्वासका पात र खरानिले कपडा धोयौं , नुहाउने सावुन र स्याम्पुको सट्टा थर्रेका पातहरू थिचेर लेदो घसेर नुहायौं, अशिक्षाका कारण,तपाईं,हजुर आईस्यो र गईस्यो को सट्टा वए,त, आ,जा भन्ने शब्दवाट प्रशिक्षित भयौं र तेहि सिकियो त्यसको परिणाम अहिले पनि सानालाई त र आफुभन्दा ठुला भगवानरुपी आमा,बुवा र गुरुवर्ग सहित सवैलाई तिमि भन्ने गरिन्छ, फेसन फेसनको कपडाको सट्टा घरबुना ठेटुवाको एकसरो कपडाले शरीर ढाकियो, सार्बजनिक यातायात चढ्नुको सट्टा सानोमा बुवा आमाका पिठ्यू र काँध चठ्यौ र ठुला भएपछि ५०/६० के.जिका भारि बोकेर ४/५ दिन पैदल यात्रागर्न बाध्य भयौं र छौं पनि यति मात्रै कहाँहो र ज्वरो आउने टाउको दुख्ने वितिकै भुत प्रेत आत्मा अथवा देवि देवता लाग्यो भनेर धामी झाक्रिको धमेला गर्यौ र चोट पटक लागेर रगत आउने वितिकै ढोकाको खुर भित्रको माटो, गोवर , मन्जन र वाहिरको माटोले टाल्ने गरियो , हाम्रै आँखा अगाडि कतिपय सुत्केरि आमाहरु सुत्केकि हुन नसकेर स्वर्गवास भएका तस्विरहरु झल्झल्ति याद आईराखेकाछन् , समय संग पौठेजोरि खेलेर आफ्ना रहर पुरा गर्ने कतिपय साथि भाईहरुलाई सामान्य रोगवाट समेत बचाउन नसकेर उनीहरुका सपना चकनाचुर भएका देख्यौ ।
जब म केहिबुझ्ने भए र अभिवावकको करकापले पाठशाला जानसुरूगरें त्यो पल , त्यो क्षण त्यो बालापन ,अन्जान विचार, अस्पस्ट बोली र विना सपनाको चंचलेपन अहिले पनि आँखामा झल्किन्छ । त्यतिवेला के थाहा हामी बिना सपनाका वालवालिकालाई जीवन यापन गर्न समयसंग पौठाजोरि खेल्दै महा संघर्ष गर्नु पर्छ भनेर बस हामिलाई यति थाहा हुन्थ्यो पढ्न नपरोस् दिनभरि साथिभाईहरू संग खेल्न/ रमाउन पाउँ र पेटभरि खानपाउँ , यति सम्म थाहा थिएन हामिलाई पेटभरि खान र एकसो कपडा लगाउन् आमा बुवाले कालापहाड धाउनु पर्छ र भारत गएर अर्काको देशमा अन्जान मानिसको गुलामी बन्नु पर्छ , तेतिवेला लाग्थ्यो पैसा हाम्रै घरमा काटिने रैछ, खेतवारिमा आफै अन्न उब्जिने रैछ , हाम्रा यातायातका साधन हाम्रै बुवा आमाका काँध र पिढ्यू रैछन् ।
जब दिनहरू बित्दै गएपछि थाहाभयो मानव त समयको दास रैछ हाम्रा आमा,बुवाले दुख,कष्ट र संघर्य रैछ हाम्रो बालापन चम्किलो र अमुल्य बनाउने त्यहि भएर बुवा, आमाको संघर्षले यापन गरेको बालापनलाई अहिले पनि भन्छौ “कहाँ आउन्छ र घुमेर यो बालापनको उमेर” पटक पटक सम्झिन्छौ त्यो बालापन कहिले पसिना पुज्दा सम्झिन्छौ त कहिले आँसुपुच्दा सम्झिन्छौ, कहिले भोकै बस्दा सम्झिन्छौ त कहिले एक्लै समयविताउँदा सम्झिन्छौ ,न सम्झिनु पनि कसरी अहिले एकछाक खाना र एक सरो कपडाले मात्रै पुग्दैन समय संगै परिवर्तित सृजित विभिन्न परिकारको खाना चाहिएको छ र त्यहि अनुसारको फेसन फेसनका कपडाहरू चाहियकाछन् भने विभिन्न किसिमका बजारमा चलेको स्टाईल गर्नु परेको छ यो सवै कुरा पूरा गर्न आफुले कमायर सम्भब देख्दैनौ, सम्भब त हुन्थ्यो यदि हामिले चाहनेहो भने तर हामी चाहदैनौ, हामी चाहदैनौ सहर वजार तिर काम गरौ, केहिकामगरेर आत्म निर्भर हुँ सानै भएपनि ब्यपार ब्यवसाय गरौ, हाम्रौ ठुलाठुला बाझा फाटहरूमा कृषिमुलक ब्यबसाय गरौ , प्रकृतिले ऊपहार दिएको थरिथरि हावापानि पाईने ठाँउमा पशुपालन गरौ भनेर चाहनथ्यौ पनि कसरि बुवा आमाले आफ्नो ज्यानको बाजि राखेर रगत पसिना बगाएर कमाएको सम्पनिमा रजाई गर्न पाएपछि । यसरी रजाई गरेको होस् तेतिवेला खुल्छ जतिवेला आफुसंग माम दिने र काम सिकाउने कोहि हुँदैन ।
कभरमा देखिएको फोटो त्यहि ठाउँ हो जहाँ बिश्वले अर्थतन्त्रमा ठुलो फट्को मारिसक्दा हाम्रो देश नेपालमै पनि विभिन्न ठाँउमा सुरूङ मार्ग , नेपाल आफ्नै स्याटेलाईट बनाउने ,ट्रेन र पानी जहाज ल्याउने बजेट बिनियोजन गरिरहँदा २१औं सताब्दिको अन्त्य सम्म पनि यातायातका साधनको नाम समेत थाहा नभएका, यातायातका साधनहरूले के खान्छन् घाँस,पानी या तेल भन्ने समेत थाहा नपाएका नागरिकहरूको जमात भएको ठाउँ हो ।
हाम्रो आँखाको वरिपरि ती पलहरू घुमिरहेका छन् मजस्तै हजारौं बालबालिकाहरू आफ्नो भबिश्य बनाउन २/३ घण्टा हिडेर प्रा.वि.,नि.मा.वि. र माध्यामिक शिक्षा हाँसिल गर्न विबस भयौं हामी त्यो ठाँउका मान्छेहौं सहरमा लोडसेडिङ मुक्त भैरहदा हामिले आफ्नो भबिश्य बनस्पति सल्लाको झरा र मट्टितेलको टुक्किको वरिपरिको मधुरा प्रकासमा रूलमुल्याई रहेका थियौं । हामी त्यहि ठाउँका मान्छे हौं सहरमा सरकारि बिध्यालयमा पनि अङ्ग्रेजी माध्यामवाट पढाईहुँदा हामी ५ कक्षामा गयर ABCD का अक्षरहरू हाम्रा आँखा वरिपरि दौडाउदै थियौं ।
उतिबेला भबिश्यका कर्णदार भनिने म लगायत हजारौं बालबालिका बिहान बेलुका घाँस दाउरा र खेतवारिको काम गरेर दिउसो भबिश्य उज्वल बनाउजे दौरानमा शिक्षालयमा शरीर ,किताब,कापि र कलमको दुरि नजिक बनाउने प्रयत्न गर्थ्यौं । हाम्रो सरिर र स्कुल ड्रेस टासिएर बसेको मलाई कहिल्यै थाहा छैन टाईको त कुरै छोडौ , किताब र झोलाको पनि संगत भएको याद छैन ,हुन्थ्यो त हात र किताब को किताब र बेन्चको किताब पनि नभनौ कापि मलाई याद भएअनुसार किताबको अनुहार सायद शैक्षिकसत्र भरि २/३ महिना भने राम्रै संग पल्टाई पल्टाई हेर्न पाईन्थ्यो किनकि शौक्षिक शत्र सकिनै लाग्दा पाठ्यपुस्तप पुग्थ्य स्कुल स्कुलमा ।
हामिले त यस्तो पेन पनि प्रयोग गरेको याद छ मसिनो निगालोको टुप्पोमा तिखारपन ल्यायर मसिमा चोपेर लेखेको यो भन्दै गर्दा तपाईलाई लाग्छ होला यो त धेरै पुरानो जमनाको कुरा हो बिल्कुल हैन म कक्षा १ पढ्दै गर्दा भोगेको कुरा हो । यो त्यहि ठाँउहो जहाँ दाउरा बाहेक खाना पकाउने अरूकुनै स्रोत साधन छैन उज्यालोको लागि भलै अहिले आफ्नो क्षामता अनुसार ठुला/ साना सोलारहरू प्रयोग गरेकाछन् । हामिले भने माध्यामिक शिक्षा सम्म झरो र टुक्किकै प्रयोग गरेका ती मानशपटलका दृष्यहरू बिर्सियका छैनौं ।
अहिले खुल्ला बजारमा भने त्यो परिवेशवाट हुर्किएको बिध्यार्थि र राज्यको महुँचवाट बिकासै बिकासले सुविधा सम्पन्न सहरमा पढेको बिध्यार्थि एउटै मैदानमा प्रतिस्पर्धा गर्नु परिरहेको छ । अव भने यातायातका साधन आवत जावतमा सहजता आयोभने हरेक क्षेत्रमा र नागरिकको जिवन स्थरमा भारि परिवर्तन हुनुका साथै निम्न आयस्रोत भएका ब्याक्तिहरुले पनि जोस,जाँगर र सकरात्मक सोचको विकास गरे आयस्रोतमा पनि केहि फेरवदलहुने कुरामा दुईमत छैन
यातायातका साधन पुग्ने बितिकै कायापलट हुन्छ हामिले बसिबसि खानलाउन पाउन्छौ भन्ने कल्पना गर्नु भने हुँदैन जहाँ बिकास भयो त्यहा बिनास पनि हुन्छ हरेक कुराको सदउपयोग राम्रो गर्न सकेउभने राम्रो नै हुन्छ तर सदउपयोग गर्न सकियन भने नोक्सान पनि हुन्छ। हामिले रेडियो जस्तै श्रब्य सामाग्रिवाट सुनेका समाचारहरू याद गरौ बजारमा भएका चोरि,लुटपात,बलात्कार,लागू औषध दुरुपयोग, चेलीबेटि वेचविखन, विभिन्न किसिमका फेसन र विभिन्न किसिमका अपृय घटना सवारि साधनको सहज आवातजावत संगै भित्रिने कृयाकलाप हुन यस्ता कृयाकलापहरू भित्रिन दिने/नदिनेमा तपाईं हाम्रै ठुलो हात हुन्छ ।
यस्ता कुराहरूलाई ध्यामा राखि सुरक्षा निकायलाई हामी नागरिकले पुरै सपोर्ट गरेर सुरक्षा निकायलाई चुस्त दुरुस्त राख्नेहो भने हरेक कुकार्य रोख्न सकिन्छ । घाट र नोक्सान मात्रै हैन सदउपयोग गर्न सकियो भने प्रकृतिले उपहार स्वरूप दिएको भरिपुर्ण प्राकृतिक स्रोत साधन हावापानि अनुकुल सुनकै भाउमा बिक्रि हुने किसिम किसिमका जडिबुटी,कृषि ब्याबसाय, पशुपालन , तरकारि खेति जस्ता विभिन्न ब्यावसायवाट सहजै बजारिकरण गर्न सक्यौ भने निम्न स्तरका नागरिकको पनि आयश्रोत बढ्नुका साथै सहज जीवन यापन गर्न सकिने सुनौलो अबसर हो त्यसैले पनि औधि खुसि छौ ताकि कुनै शब्दले व्याख्या गर्न सकिदैन ,आशाबादि पनि अबको केही दिनमा आफ्नै आगनवाट गाडिचढेर सहर पुग्ने, बिहान आमाले पकाएको रोटि बेलुका सहरमा बस्ने छोरा/ छोरि खानपाउने आशा सायद म मा मात्रै पलायको छैन होला बडो संघर्षशिल जीवन बिताईरहेका सवै हुम्लीबासिहरूमा हुनु पर्छ ।
अन्तमा हाम्रो जन्म भुमीहुम्लालाई सडक संजाल संग जोडि विगतको हाम्रो कष्टकर जिवन यापनलाई सहजता ल्याउन ओहम भुमीका खेल्नुहुने नेपाल सरकार, नेपाली सेना,कर्णाली करिडोरका पहलकर्ता विभिन्न राजनितिक दल र नेताज्यूहरु, ग्रामिण सडक पहुँच कार्यकर्म (RAP-3 ) , यस कार्यमा प्रतक्ष र अप्रतक्ष सहयोग गर्नुहुने पत्रकार बन्दु लगाएत सम्पुर्ण सचेत नागरिक र सवारि साधन पुर्याएर हामीलाई हर्सित बनाउनुहुने सवारि साधन धनी सवै प्रति हार्दिक नमन धन्यवाद र सम्मान छ । आषावादि छौ अव छिट्टै सहज तरिकाले र पुर्णरुपमा सवारि साधनमा सवार गर्न पाउने छौं र छिट्टै पुरै हुम्लीवासिमा कर्णाली करिडोरको पहुँच पुग्ने छ र छिट्टै स्तरउन्नतिको पहलकदमीमा पनि सवैको अपरिहार्य भुमीका रहने छ ।
(बुढाको स्थायी ठेगाना अदानचुली २ हुम्ला हो भने हाल सव-ईन्जिनियरको रुपमा नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत छन् )










