युटुबको ट्रेन्डिङ नम्बर १ मा चलचित्र ‘पोइ पर्‍यो काले'(भिडियो सहित)

ज्ञानु सङ्गम खड्का

युटुबको ट्रेन्डिङ नम्बर १ मा चलचित्र 'पोइ पर्‍यो काले'(भिडियो सहित)

विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको कारण नेपाल यतिबेला लकडाउनमा रहेको छ। लकडाउन भएलगत्तै नेपाली चलचित्र क्षेत्र लगायत अन्य धेरै क्षेत्रका कामहरु स्थगित भएका छन।

यहीँ लकडाउनको बिचमा युटुबमा सार्वजनिक गरिएको शिशिर राणा निर्देशित चलचित्र ‘पोइ पर्‍यो काले’ यतिबेला युटुबको ट्रेन्डिङ नम्बर १ मा रहेको छ।

केही दिन अगाडि “बुढासुब्बा डिजिटल”बाट सार्वजनिक गरिएको चलचित्रलाई छोटो समयमा युटुबका दर्शकहरुले अत्याधिक रुचाएका छन। यो समाचार तयार पार्दासम्म चलचित्रलाई युटुबमा ४० लाख ४६ हजार बढी भ्युज, ९४ हजार लाइक, ८ हजार बढी कमेन्ट प्राप्त भएको छ।

दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन। यो लकडाउनको बेला समय बिताउन चलचित्रले सहज बनाएको पनि दर्शकको प्रतिक्रिया रहेको छ। हलमा प्रदर्शनको बेला चलचित्रले हलमा पनि राम्रो व्यापार गरेको थियो।

कात्तिकको ८ गतेबाट रिलिज भएको यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। प्रदर्शक भएको ५ महिनाको अवधिमै यो चलचित्रलाई युटुबमा सार्वजनिक गरिएको हो।

चलचित्रमा निर्देशन रानाकै कथा रहेको छ। राजिव गुरुङ र सरोज नेपालीले चलचित्रमा लगानी गरेका हुन। हेर्नुस चलचित्र..

प्रतिक्रिया