कोइला, खरानी र कोरोना आतंक

अधिवक्ता: पदम पाण्डेय

कोइला, खरानी र कोरोना आतंक

विश्व कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीले आक्रान्त भई रहेकोछ । कोरोनाको संक्रमणवाट बाँच्नका लागि सम्पुर्ण मानव सम्पर्क विहिन अवस्थमा घरमै एकान्तवासमा वसेकाछन । चिकित्सा शास्त्रका क्षेत्रमा संलग्न विश्वका दिग्गजहरु कोरोना विरुद्धको औषधिको खोजीमा तल्लिन भएर लागेकाछ तर पनि औषधि पत्ता लागी सकेको छैन र संक्रमण फैलिने क्रम रोकीएको पनि छैन । औषधि पत्ता नलागेको अवस्थामा संक्रमणवाट बाँच्ने एउटै मात्र उपाय भने कै लकडाउन हुन पुगेको छ ।

कोरोनाको संक्रमण व्यक्तिवाट व्यक्तिमा सर्ने गरेको र संक्रमित भई सकेको व्यक्तिको सम्पर्कवाट दुरी कायम गर्न सके मात्रै यसवाट बच्न सकिने उपाय वाहेक अरु रोकथामका उपाय सुझाउन पनि कसैले सकेको अवस्था छैन । सर्वप्रथम एशियाली मुलुक चीनमा देखा परेको भनिएको कोरोनाको संक्रमणले अहिले सवै भन्दा वढि युरोप आक्रान्त वनेको छ । युरोपको सुन्दर देश इटली अहिले कोरोना संक्रमणका कारण सबैभन्दा वढि ग्रसित वनेको छ भने त्यसपछि कोरोनावाट ज्यान गुमाउनेको संख्या स्पेनमा धेरै रहेकोछ ।

कोरोना संक्रमणले थलिदै गएको ईटली कुनै समय संसार ८ औं व्यवस्थित, सुखी र सुन्दर देश आज कोरोनाको कहरमा रुमलिएको छ । विश्वमा इटलीको अबस्थालाई हेरेर आँकलन गरिदैछ अन्य देशहरुमा पनि यसै गरी सक्रमण फैलिदै गए अवस्था के होला भनेर । हुन पनि हो मानव सभ्यताका चरणहरुमा इटली कला, साहित्य, विज्ञान, संस्कृतिका लागि अग्रस्थान रहदै आएको छ । विश्वले कोरोनाको संक्रमणको तापक्रम नापी रहेको थर्मामिटरको आविष्कार सन १६१२ इटलीमा भएको थियो भने थर्मामिटर समेत चार्ज रहुने ब्याट्रीको आष्विकार पनि इटली सन १८०० मा मै भएको थियो ।

दक्षिण एशियाली मुलुकहरुमा कोराना भाईरस (कोभिड–१९) देखिए संगै नेपाल पनि यसको संक्रमणवाट अछुतो रहेन । नेपालमा देखिएका संक्रमितहरु सवै विदेशवाट आएका व्यक्तिहरु थिए त्यसको संक्रमण अन्य व्यक्तिलाई देखा नपर्नु सबै भन्दा राम्रो उपलव्धि मान्नु पर्ने हुन्छ ।

प्राकृतिको बरदान पाएको मुलुक नेपालको हावापानी, बदलिदो मौसमको समय, नेपालीहरुको रहन सहन, खानपीन, स्वच्छ पानी, गुणस्तरीय खाद्यान्न, उच्च मनोविज्ञान भएको प्रतिरोधात्मक क्षमता भएका नेपालीहरुले अहिले सम्म कोभिड–१९ को सक्रमणका कारण मृत्युको शिकार हुनु परेको छैन, यो सबैभन्दा सुखद पक्ष हो । संसार नै कोरोना विरुद्धको औषधिको खोजीमा लागि परेकोछ र चिकित्सा शास्त्रका लागि यो एउटा चुनौतीको भाइरसको रुपमा रहेकोछ ।

यसको संक्रमणवाट बच्ने उपाय भने कै भौतिक दुरी कायम राख्नु हो भन्ने तथ्य विश्वजगतले स्वीकार गरी सकेकोछ । जुन भौतीक दुरी कोभिड–१९ को संक्रमणवाट बच्न र बचाउन कायम गर्नु परेकोछ त्यस्तो दुरी पूवीर्य धार्मिक दर्शनका अनुयायी हाम्रा पूर्खाले उहिल्यै देखि गर्दै आएका रहेछन भन्ने कुरा अहिले बोध हुदै गईरहेको छ ।

विगतका शताव्दिहरुमा पनि यस्ता माहामारीहरु आएका कुरा आज सुनिन्छन र पढिन्छन । त्यति वेला सूचना र सञ्चारको विकास पहँुच भइ सकेको थिएन अर्थात विश्वजगत आज जस्तो एक गाँउ रुपमा परिभाषित भएको थिएन । अहिले सञ्चार र प्रविधिले विश्वलाई एक गाँउ एक शहर रुपमा विकास गरेकोछ । त्यस समयमा हुने गरेका महामारी वा संक्रमणहरुको जानकारी नपाईकनै मानिसहरु मरिरहेका हुन्थे । अहिलेको जस्तो चिकत्सा क्षेत्रको विकास र बिस्तार पनि भएको थिएन र यति सघन रुपमा मानववस्ती पनि थिएन ।

त्यसैले संक्रमण फैलिन पनि समय लाग्ने गरथ्र्यो । माहमारी हुँदा दुरदराजमा आाफ्नै किसिमका औषधि मुलो ( जडिवुटि) को प्रयोग गरिन्थ्यो । सामान्य चोट पटक लाग्दा पनि विभिन्न रुखमा बोक्रा पिसेर लेपन लगाएर केराको पातले बेरेर प्लाष्टरको काम गराउने पद्धति थियो ।

चोट पटक लागेर हात खुट्ठा मर्किदा खयर, विजयसालका काठ र बोक्रा, बेसार, नून, आदि पानीमा पकाएर सेकापोका गर्ने पद्धति थियो, नजर नलागोस भनेर कालो आगारलाई पिसेर निधारमा लगाउने, सम्मान स्वरुप टाढैवाट चलन अनुसारको अभिवादन गर्ने, खाना पकाउदा भान्सावाट बाहिरवाट कुनै भाइसर वा ब्याक्टेरिया प्रवेश गर्न सक्छ भनेर सबैको प्रवेश बर्जित थियो ।

१३ दिन सम्म क्रियामा बस्दा खाना, नून, तेल आदि खान छोडेकोले शारिरीक अवस्था कमजोर हुने हुँदा बाह्य संक्रमणको प्रवेश नहोस भनेर नै मानिस संगको भेटघाटमा भौतिक दुरी कायम गरेको हुन्छ । गाँउघर तिर बैद्यहरुले विभिन्न किसिमका जडिबुटि वनाइएर रोग निको वनाउने गर्थे जुन कहिकतै आजभोली पनि देखिन्छ । त्यतिवेलाको समाजमा आफ्नै किसिमको विश्वास थियो ।

जसलाई अहिलेले बदलिदो समाजमा रुढिवादी चिन्तन र अन्धविश्वासको रुपमा परिभाषित गरियो । कतिपय विषय वस्तुहरु साच्चिकै रुढिवादी थिए त्यसको पालना समयको विकास क्रम संगै अन्धविश्वासमा परिणत हुदै गएका छन । त्यस्तै अन्धविश्वासको घटना सुदुर पश्चिमको कैलाली तिर घटन पुग्यो ।

आँगन खनेर हेर्दा कालो कोईला निष्किन्छ, त्यसको टिका निधारमा लगाउदा कोरोना लाग्दैन भन्ने हल्ला चलाईयो कतिपय मान्छेहरुले आफ्नो आँगन खनेर कोईला खोज्न तिर लागे, कतिपयले आँगन भरी खनेर खोजे सामान्य बुझ्नु पर्ने विषय थियो तराईमा मानिसले घर वनाउदा नै काठका टुक्रा, बलेका काठहरु समेत खन्दा भटिन्छन त्यसको कारण पहिले खेतहरु खाली थिए कतिपय अहिलेका मानववस्ती लास जलाउने र गाडने स्थानहरु थिए किनकी मानवबस्ति नै थिएनल लास बोकेर टाँढा सम्म लैजाने मानिसहरु पनि थिएनन् ।

जंगल तिर लैजाँदा जंगली जनावरको डरले मान्छेहरु जान डराउथे, सवारीका साधन थिएनन् तयसैले घर नजिकै आफन्तको अन्तेष्टि गर्ने चलन थियो यद्यपि अहिले पनि कतिय समुदायमा यो परम्परा अझै कायम छ । त्यस्तो स्थानमा बनेका घर आँगन खन्दा कोईला निष्कने अवस्था हुन सक्छ भन्ने अनुमान समेत अहिले आफुलाई सभ्य र जानकार ठाँन्नेहरुले गर्न सकेनन् । त्यसैको कारण कोईला आतङ्क सृजना गरियो र मानिसहरु दैवीय शक्तिको विश्वास गरी आँगन खन्न तिर लागे । कोरोनाको संक्रमण कोइलाको टिकाले होईन भौतिक र सामाजिक दुरीवाट मात्रै रोकिन्छ भन्ने तिर ध्यान गएन ।

कोईला आतङ्कको दोश्रो तेस्रो दिनमा बाँके बर्दिया लगायतका जिल्लाहरुमा खरानी आतङ्क आईपुग्यो । परिवर्तनका संवाहक आफुलाई ठान्नेहरुहरु समेत सामाजिक सञ्जालमा आँगनमा परालको खरानी फेला परेको भनी बाक्लै संग सम्पर्कमा आउन थाले । कतिपय व्यक्तिहरु जो आमुल परिवर्तनको लागि विगतमा सशस्त्र जनयुद्धमा तत्कालीन माओवादीमा लागेर मन्दिर भत्काउन, दैवीय शक्तिमा विश्वास गर्नेहरुलाई पाखण्डी र अन्धविश्वासीको दर्जामा राखेर जनकार्वाहीका गर्नेहरु समेत पराल खरानीलाई विश्वास गर्दै परिवारका सदस्यलाई कोरोना नलागोस उक्त टिका लगाई दिएको भनी पोष्ट गर्न समेत पछि परेनन् । हेर्दा सामान्य लागे पनि सोच्दा गंभिर विषय लाग्छ, हामीले कस्तो परिवर्तन गरेको रहेछौ, कस्तो सामाजिक संरचना छ अहिले पनि ? राजनीतिक परिवर्तन गरियो तर सोच, विश्वास र आस्था अहिले पनि पुरातनवादी नै रहेछ । कुरा एकातिर कर्म अर्को तिर गर्ने सामाजको वनावटले भविष्य उज्जल हुने, परिवर्तनले पूर्णता पाउने र जीवन पद्धति साच्चिकै बदलिने अवस्था सृजना हुन सक्छ की सक्दैन ? यी प्रश्नहरु अनुत्त्तरित नै रहने अवस्था देखियो ।

परालको खरानीमा कोरोना विरुद्धको शक्ति रहेको विश्वास गर्ने मानव प्राणीहरुले चैतको महिना डढेलो लाग्ने, हावाहुरी चल्ने समय हो भन्ने तर्फ सोच्न नसकेनन् । जंगलमा लाग्न गएको डढेलो, तराई उखु कटान पछि पातहरुमा लगाउने गरेको आगो, पराल जलाएर मलको रुपमा प्रयोग हुन सक्ने गरेको तर्फ पनि ध्यान पुर्याउन सकेनन् । एक्तर्फी रुपमा घर आँगनमा उडेर आएको जलेको घाँस परालको टुक्रालाई सामजिक सञ्जालमा पोष्ट गर्दै आतङ्क मञ्चाउनमा नै तल्लिन रहे । त्यो खरानी दैविय शक्तिले आएको होईन र कोरोनाको रोकथाम त्यो होईन भन्ने चिन्तन हुन सकेन ।

कोरोना भाइरस विश्व भरी तवाही मञ्चाई रहेका कुरा पनि सामाजिक सञ्जालको अहिलेको मुख्य विषयवस्तु हो । संसार भरी सर्भेषण गर्ने हहो भने कोरोना शव्दको उच्चारण गर्नेको संख्या नै सबैभन्दा वढि हुनेमा कुनै सन्देह छैन । मानिसलाई सबै भन्दा वढि डर लाग्ने शव्द भनेको मृत्यु हो । मृत्यु संग नडराउने मान्छे संसारमा भेटिदैन यदि कसैले मृत्यु संग डराउदैन भन्दैछ भने त्यो मान्छे सरासर झुठो बोली रहेकोछ ।

यदि मान्छेलाई मृत्यु संग यति डर हुदैन्थ्यो भने मान्छे कोभिड १९ को माहामारी नाममा यति धेरै आतङ्कित नै हुने थिएनन् । कोभिड १९ महामारी हो विश्व समुदाय नै यसको पीडावाट गुज्री रहेको छ यस संग जारी खाजेर सकिदैन । तर यसको संक्रमण लाग्ने सबै मान्छे मर्ने नै चाँही होईन भन्ने कुरा विश्व भरीको प्रभावले प्रमाणित गरी सकेको विषय हो । इटली वाहेक अन्य देशहरुको अवस्था हेर्दा माहमारी कारण हुने मृत्यु दर डरलाग्दो अवस्थाको देखिदैन जति संक्रमणको प्रभाव वढदो गतिमा छ मृत्युदर त्यति छैन भन्ने कुरालाई पनि ध्यान दिनु पर्छ ।

त्यसैले कोरोना संग धेरै आतङ्कित र त्रसित होईन संयमित र आत्मविश्वासी हुनु जरुरीछ । यस माहामारीले मृत्यु हुने वर्ग भनेको उमेर वढि भएकाहरु हुन भन्ने तथ्याङ्क देखाएको छ । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको औषत हेर्दा ८० वर्ष भन्दा वढि उमेरका मानिस वढि रहेकोछ र इटलीको जनसख्या हेर्दा ६५ वर्ष उमेर पुरा नगरेको जनसख्या भन्दा ६५ वर्ष उमेर वढि भएको जनसंख्या वढि रहेको छ । जाापन र जर्मन पछि धेरै बृद्धबृद्धाको संख्या वढि भएको मुलुक इटली नै हो ।

कुल जनसंख्याको हिसावले पनि इटली युरोपको चौथो ठुलो देशमा पर्छ र त्यहाँको मृत्यु कम भएका कारण युवा युवती भन्दा बृद्धबृद्धाको संख्या वढि रहेकोछ । यो भाइरसको पनि संक्रमण बुढाबुढीमा नै वढि रहेको देखिन्छ । यसैगरी कुनै पनि रोगको बढनुमा वातवरणीय प्रभाव महत्वपुर्ण रहेको हुन्छ । जहाँ फोहर मैला अधिक हुन्छ त्यहा रोगव्याधिको मात्रा पनि वढि नै रहेको हुन्छ । इटली प्रदूषणले भरिएको देशमा पनि पर्दछ हावाको गुणस्तर जाँच गर्ने निकाय स्वीस एयर मनिटरिङ प्लेटफर्मको जाँचले पनि इटलीका २४ वटा शहर युरोपका सबैभन्दा वढि प्रदुषण शहरमा राखेको छ । इटलीमा देखिएको कोरोना संक्रमणको सम्वन्ध कतै न कतै प्रदुषण संग पनि सम्वन्धित रहेको छ ।

त्यसैले इटलीको अवस्थालाई हेरेर हामीले आतङ्कित त्रसित हुने आवश्यकता छैन । हामीलाई आवश्यकता छ संयमता, धैर्यता र दृढ संकल्पको, राज्यले दिएका निर्देशनका पालनाको अनि अभावमा रहेका मानिस तथा छरछिमेकीहरुलाई सहयोग गरी माहामारी विरुद्ध साथ र सहयोग हो । संक्रमणवाट बँच्न र बचाउन मात्रै भौतिक र सामाजिक दुरी कायम गरिएको हो ।

सहयोग, सदभाव र सहकार्य र भाइचाराका क्षेत्रमा हामी माानव जाती बीच कुनै किसिमको दुरी र फासला छैन र त्यो हुनु पनि हुदैन । यस्तो सम्वन्ध कायम राख्न सके मात्रै विश्व आतङ्कित बनाई रहेको कोरोना भाइरस विरुद्धको लडाईमा हाम्रो बीजय हुने कुरामा कुनै शंका छैन ।

प्रतिक्रिया