
विहानै इलाका प्रहरी कार्यालय धनौली खजुराले गाउँ- गाउँमा पुगेर आफ्नो घरबाट बाहिर ननिस्कन अनुरोध गर्दे अनावश्यक रुपमा बाहिर हिडे कार्वाही हुने जानकारी गरायो ।
लगतै एक हुल मान्छे टासिदै बजार तिर ठुला ठुला स्वरले कोरोनाले हामिलाई छुनै सक्दैन भन्दै जादै थिए । उनिहरु भन्दै थिए कोरोनाले हामि जस्तो नेपालीलाई केहि गर्न सक्दैन, हाम्रो रोगसगं लड्ने क्षमता धेरै छ,‘ अर्का एकजनाले थपे ‘कोरोना भारइरस लाग्ने भनेको छ विकसित देशमा हो ।’ लाग्थो उनिहरुको गफ सुन्दा कोरोना भन्ने कुरा केहि होइन ।
तर उनिहरुले भनेको जस्तो गफ लाए जस्तो भने होइन । नेपालमा अहिले अत्याधिक मात्रमा कोरोनाको संक्रमण भएका देशबाट फर्केकाहरु भित्रिएका छन । बाँकेमै धेरै बाहिर देश बाट आएको भनेकै खजुरामा छन अहिले । चाहे उनिहरु नेपालि हुन या विदेशी । कोरोनाले विदेशि र स्वदेशि त भन्दैन होला ।
अनि धनि र गरिव पनि छुट्टाएर संक्रमण हुने होइन होला नि । यहाँ नेपालिहरुले अझैपनि कोरोना भाइरसको विषयलाई गम्भिरता पुर्वक लिएको पाइदैन । केहि शिक्षित वर्गहरुले सचेतना अपनाएका छन भने अधिकाशले मजाकका रुपमा लिएका छन ।
म धेरै टाढाको कुरा गरिरहेको छैन । कुरा गर्देछु बाँकेको खजुरा गाउँपालिकाको । म लकडाउन भएपछि खजुरा छाडेर कहि गएको छैन । म जस्तै अरु पनि खजुरा छाडेर कतै जानुभएको छैन होला । लकडाउनको सुरुवात देखि नै विहान र साझको समयमा स्थानियहरु सडकमा पुगेका हुन्छन । कोहि दिनभरी घरमै बसेर दिक्क लागेर, कोहिलाई तरकारी तथा खाद्यान्न खरिद गर्न त कसैलाई गफ लाउने बानि भएर ।
अधिकाश मानिसहरु कुनै न कुनै बाहाना बनाएर घर बाहिरै भेटिन्छन । लाग्छ कुनै बन्द पछिको खुला हो । केहि दिन अघि सम्म त खजुरा गाउँपालिकाले बजार देखि गाउँ सम्मको टोलमा पुगेर सचेतना सन्देश माइकिङ्ग गरेको थियो तर अहिले त्यस्तो सन्देश दिन नपर्ने भएको हो या जनताले बुझिसकेर हो ति काम बन्द जस्तै छ । खजुरा गाउँपालिकाले कार्यपालिकाको बैठक बोलाएर कोरोना भाइरसको संक्रमण बाट जनतालाई जोगाउन २० लाख बजेट पनि छुट्टाइसकेको छ ।
खजुरामा हाल दुई स्थानमा विदेश तथा भारतबाट आएकाहरुलाई राख्न क्वारेन्टाइनको व्यवस्था पनि गरेको छ । गाउँपालिकाले वडा नम्बर १ मा रहेको मैटहवा माविमा सुरुवातमा क्वारेन्टाइन स्थापना ग¥यो र पछि वडा नम्बर ४ मा रहेका भारतबाट आएकाहरुलाई राख्न वडाको सक्रियतामा प्रदेश नम्बर ५ अन्तर्गतको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा स्थापना गरिएको छ ।
अहिले क्वारेन्टाइनलाई व्यवस्थित गर्न गाउँपालिकालाई हम्मे हम्मे परेको छ । मैटहवामा ५० बढिलाई राखिएको छ भने तालिम केन्द्रमा १५ जनालाई । गाउँपालिकाले क्वारेन्टाइनमा राख्न नसकेका झण्डै ७० बढिको हारहारीमा गाउँमै छन । उनिहरु आफ्नो घरमा कसरी बसेका छन कसैले चासो दिएको छ ? घरमै बस्दा घर परिवार संग हेलमेल हुने भएकाले पनि यदि कोरोना भाइरसको संक्रमण रहेछ भने त यसले ठुलो माहामारी लिन सक्छ ।
यसमा गाउँपालिकाले जति बजेट छुट्टाएपनि बेर्थ हुनेछ । जहाँ कोरोनाको संक्रमण देखियो । खजुरा बच्नेवाला छैन । तसर्थ खजुरा अहिले अत्यन्त कोरोनाको उच्च जोखिममा रहेको छ । मलाई केहि हुदैन भनेर लापरवाहि नगरौ । सरकारले गरेको लकडाउनको निणर्यलाई पुर्णरुपमा लागु गरौ । खान नपुगे स्थानिय सरकारलाई भनौ ।










