कृष्णनगर :

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोक्नको लागि सबै भन्दा पहिला समाजमा जनचेतना फैलाउनु पर्ने र भाइरसबाट आफू र अरुलाई बचाउन निम्त जनतालाई सचेत गराउनमा कृष्णनगरमा रहेको राष्ट्रीय मदरसा संघ नेपालले निरन्तरताका साथ आफ्नो भूमिका निर्वाह सबैमा सचेत रहन आग्रह गरेको छ ।
बुधबार राष्ट्रिय मदरसा संघ नेपालले नेपाल सरकारले कोरोना भाइरसबाट आफू बचौ र अर्का लाई बचाउनको लागि दिएको निर्देशको पालना गर्दै समाजिक दूरी कायम गरि आपातकालीन बैठक बसि नेपाली जनता र विदेश बाट आएर नेपाल भित्र रहेका विदेशी पाहुनाहरु लाई कोरोना भाइरस बाट आफू बच्न र अरु लाई बचाउनको निम्त सचेत गराउदै संघले एउटा अग्रह पत्र समेत जारि गरेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफीले बताएका छन।
कोरोना भाइरसले गर्दा विश्वभरी मा नै संकटकाल घोषणा रहेको सबैमा अवगत नै रहेको छ। निरन्तर केही दिन देखि छिमेकी मित्र राष्ट्र भारत पनि कोरोना भाईरस बाट जूझी रहेको छ। भारत मा अहिले को अवस्था हेर्दा संक्रमित मान्छेको संख्या बढ्दै गई रहेको छ।
अब नेपाल देशलाई उक्त घातक भाइरसबाट बचाउनका लागि नेपाल सरकारले दिएको निर्देशनको पालना गर्दै आ आफ्नो घरमा बसि नमाज,पबित्र पुस्तक कुरान पढौ र नेपाली जनता लाई बचाउनका लाई भगवान संग प्रार्थना गर्दै गरिब असहाय ज्यालादारी गरि आफ्नो जीवन यापन गर्दै आएका मजदूर वर्गहरु लाई भोकै बस्न न दिदै आ आफ्नो स्तर बाट सहयोग गरि उहाँ हरुको पेट भर्ने काममा लागौं र आफ्नो आफ्नो गाऊ टोल छर छिमेकीमा कोई व्यक्ति विदेश बाट आउदा सिमा नाकामा कोरोना भाइरस सम्बन्धि बिना चेक जाच गराई लुकी छिपी आएको छ भने तुरन्त नजिकाको प्रहरी कार्यलय वा स्वास्थ्य कार्यलयमा जानकारी गराई उक्त व्यक्ति लाई चेक जाच गराऊनको लागि सुझाव सल्लाह समेत दिएर सभ्य नागरिकको पहिचान दिने काम गरौ।
विदेश बाट आएका मुस्लिम धर्म जमातका पहुना हरु मस्जिद मदरसाहरुमा रुकी भिडभाड गर्ने खाल को कार्यक्रम हरु न गरौ अहिले नेपाल सरकारले दिएको निर्देशनको पालना गरि देश लाइ घातक भाइरस बाट बचाउन सहयोग गरौं।
जमात का मान्छे हरु आफ्नो देश फिर्ता जानको लागि नाजिक रहेको प्रहरी कार्यलय मा सम्पर्क गरि वहा बाट प्राप्त निर्देशन को पालना गरी देश लाई जोगाउन मा सहयोग गरि दिनको लागि समेत पत्रमा उल्लेखित रहेको छ। उक्त बैठकमा नेकपा निकट नेपाल मुस्लिम संगठन का अध्यक्ष र नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारुकी, ५नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेकपा कृष्णनगर नगरपालिका समिती प्रमुख जावेद आलम, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मोहम्मद मक्सूद रांकी मुस्लिम संगठन नेपाल को उपस्थिती रहेकाे थियो।











