पक्राउ परेका चिनियाँलाई ‘डिपोर्ट’ को तयारी

काठमाडौं:

पक्राउ परेका चिनियाँलाई ‘डिपोर्ट’ को तयारी

चीन सरकारको आग्रहमा पक्राउ परेका चिनियाँ नागरिकलाई नेपाल ल्याएर काम लगाउने मुख्य व्यक्ति फरार भएका छन् ।

प्रहरीले छापा मार्दा पक्राउ परेका करिब सय व्यक्तिको साथमा पासपोर्ट नभेटिएपछि मुख्य व्यक्ति फरार भएको खुलेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार अन्तर्गत अनुसन्धानका लागि म्याद लिन जाँदा पासपोर्ट खोजी गर्दा भेटिएको थिएन।

उनीहरूले पासपोर्ट आफ्नो ‘बोस’ लाई राख्न दिएको बताएपछि प्रहरी मुख्य व्यक्तिको खोजीमा लागेको छ ।

सोमबार प्रहरीले छापा मार्दा मुख्य व्यक्ति भने फरार भएका हुन् । प्रहरीले मंगलबार उनीहरूलाई अनुसन्धानका लागि पाँच दिनको म्याद लिएको छ।

चिनियाँ अधिकारीहरूले नेपालमा एक हजार ६ सयभन्दा बढी चिनियाँ नागरिक शंकाको घेरामा रहेका र तिनलाई पक्राउ गर्न आग्रह गरेका थिए । प्रहरीले पहिलो चरणमा एक सय २२ जना पक्राउ गरेका हुन् ।

प्रहरी स्रोतका अनुसार काठमाडौंपछि चितवन र पोखरामा पनि सर्च अभियान चलाउने तयारी छ ।

प्रतिक्रिया