नेपालगन्जको चिसोमा ८३ वर्षीय बृद्ध अटो रिक्सा चलाउँदै

केपि घिमिरे /नेपालगन्ज :

नेपालगन्जको चिसोमा ८३ वर्षीय बृद्ध अटो रिक्सा चलाउँदै

उमेरले ८३ काट्न लागिसक्यो घरका परिवारहरुलाई लालनपालन गर्ने जिम्मेवारी आफ्नो काधमा छ ।

पौष महिनाको चिसोले हात थरथर काम्न थाल्छन् ,तर के गर्नु आफ्नो दिनचर्या अटो रिक्सा तानेर हातमुख जोर्न वाध्य छु उनलेे दुखेसो पोख्दै भने ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ इदगाहरोडमा बस्ने वर्ष ८३ का युनुस पठानले आफ्नो दैनिकी संगै दुखेसो पोख्छन् ।

आफ्ना ४ वटा छोरा र ३ वटी छोरीहरु मध्ये २ वटी छोरीहरुको मृत्यु भइसकेको , २ वटा छोरा कामको सिलसिलामा विदेशमा रहेका र २ वटा छोराहरुले आफ्नो परिवार पाल्न काम गर्ने गर्दछन् । मैले पनि आफ्ना परिवारलाई पाल्नका लागि अटो रिक्सा तान्दै छु उनले बताए ।

चिसो महिनामा कतै ढलिन्छ कि भनेर अाफुलाई चिन्ता लाग्ने गरेको युनुसले बताए ।

यो अवस्थामा धर्मकर्ममा लाग्ने, छोराछोरीले कमाएको बसेर खाने, सरकारले बृद्धअबश्था लालनपालनको व्यवस्थापन गर्नुपर्नेमा आफै अटो चलाएर बिहान देखि साझसम्म दु:ख गर्नुपर्छ उनले भने ।

नागरिक समाजका संवाददाताले हजुरलाई छोराछोरीले लालनपालन गर्दैनन् भनेर सोध्दा उनीहरूलाई आफ्नैै परिवारलाई पाल्न गाह्रो छ हामीलाई के पाल्थे आफ्नो लागि आफै गर्नुपर्छ उनले मनिल स्वरमा बताए ।

प्रतिक्रिया