ज्ञानु सङ्गम खड्का/नेपालगन्ज :

चर्चित गायक सुनिल गिरीको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक “ए साँईली” बोलको गीतमा शब्द, संगीत तथा स्वर गायक सुनिल गिरीको रहेको छ।
मेलोडियस गीत लेख्न अनि गाउन खप्पिस गिरीले यो गीतमा गाउँघरको माया प्रेमलाई जस्ताको तस्तै उतारेका छन। गीतको अडियो एकदम मेलोडियस छ। अडियो सुन्दा जति मन आकर्षित गर्छ, भिडियोले झन आकर्षित गराउने गर्छ।
भिडियोमा स्वयं गायक गिरी र पेमा शेर्पा फिचर्ड छन। गीतको भाव अनुसारको दृश्य भिडियोमा देख्न सकिन्छ। भिडियोलाई गायक गिरीले नै निर्देशन गरेका हुन। भिडियोमा अनिल के मानन्धरको छायांकन रहेको छ भने मनोज कार्कीको सम्पादन रहेको छ।
सुनिल गिरीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गीतलाई आफ्ना पहिलेका गीतहरुलाई जस्तै दर्शक स्रोताले रुचाउनेमा आफू विश्वस्त रहेको गायक गिरीले जनाएका छन।
हेर्नुस् भिडियो :









