कोरोना महामारीको चपेटामा भारत, बढ्यो नेपालमा त्रास

विश्वव्यवापी रुपमा कोरोना भाइरसको महामारी बढिरहेका बेला नेपाललाई छिमेकी भारतको अवस्थाले थप त्रसित बनाएको छ   । अहिलेसम्म नेपालमा उल्लेख्य बढेको नदेखिएपनि छिमेकी भारतमा संक्रमण भयावह बन्दै जादाँ यसको असर नेपालमा पनि देखिन सक्ने चिन्ता बढेको छ ।  भारतमा 
शनिबार एक दिनमा भारतमा एक झण्डै एक हजार संक्रमित थपिएका छन् । कोरना संक्रमित तीन सय जनाको ज्यान गइसकेको छ । भारतमा कोरोना संक्रमितको संख्या साढे आठ हजार पुगेको छ । 

गएको तीनहप्तादेखी पूर्ण लकडाउन घोषणा गरेको भारतका विभिन्न राज्यले लकडाउन थप्ने घोषणा गरिसकेका छन् भने केन्द्र सरकार पनि लकडाउन बढाउने पक्षमा छ । भारतमा आउँदो ३० अप्रिलसम्म लकडाउन बढ्न  सक्ने त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

दिल्लीमा मात्रै करिब एक हजार संक्रमित  

भारतको दिल्लीमा मात्रै संक्रमितको सङ्ख्या झण्डै एक हाजारको नजिक पुगेको छ । 
भारतको स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ८ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएकोमा दिल्लीमा मात्रै ९ सय ३ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै महाराष्ट्रमा १७ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तामिलनाडु, राजस्थान, मध्य प्रदेश र तेलंगनामा धेरै सङ्क्रमित रहेका विभागले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ७३ जनाको ज्यान गएको छ भने ७ सय १६ जना उपचारपछि निको भएका छन् ।

नेपालमा पनि तीनजना भारतीयमा संक्रमण पुष्टि भारतीय सिमाक्षेत्रमा त्रास बढेको छ । सिमा पूर्ण बन्द गरिएको भएपनि रातको समयमा भारतीयहरु सिमाक्षेत्रमा प्रवेश गरेको चर्चाले नेपालमा थप त्रास पैदा भएको हो ।

प्रतिक्रिया