इटालीमा कोरोना भाइरसबाट मर्नेको संख्या २० हजार नाघ्यो

इटालीमा कोरोना भाइरसबाट मर्नेको संख्या २० हजार नाघ्यो

इटालीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २० हजार ४६५ पुगेको छ । इटालीमा सोमबार ५६६ जनाको मृत्यु भएपछि मृतकको संख्या २० हजार नाघ्ने दोस्रो देश बनेको हो ।

त्यहाँ जम्मा संक्रमितको संख्या एक लाख ५९ हजार ५१६ पुगेको छ । तीमध्ये ३५ हजार ४३५ जना निको भएका छन्। अझै एक लाख तीन हजार ६१६ संक्रमित छन् भने तीन हजार २६० को अवस्था गम्भीर छ ।

त्यहाँ सोमबार तीन हजार १५३ नयाँ संक्रमित भेटिएका छन् । आइतबार भने चार हजार ९२ नयाँ संक्रमित भेटिएका थिए ।

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या अमेरिकामा २३ हजार ६४० पुगेको छ । त्यहाँ सोमबार एक हजार ५३५ जनाले ज्यान गुमाए । हिजै २६ हजार ६४१ नयाँ संक्रमित पनि फेला परेका छन् ।

प्रतिक्रिया