
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ४७९ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ५२६ पुगेको छ ।
साथै एकैदिन ३० हजार १७८ जना नयाँमा संक्रमण देखिएसँगै यहाँ संक्रमित हुनेको संख्या ६ लाख ४४ हजार ६१ पुगेको छ ।
संक्रमितमध्ये ४८ हजार ७०१ जना उपचारपछि निको भएर घर फर्केका छन् भने १३ हजार ४८७ जना गम्भीर अवस्थामा रहेको तथ्यांक संकलक वेभसाइट वल्र्डवमिटरले जनाएको छ ।
यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार ५४० जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या २० लाख ८२ हजार २९६ रहेको छ ।











