मेरो दिल छ पोखरामा र लवजोनलाई पिजि सर्टि्फिकेट

काठमाडौं :

बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको चलचित्र मेरो दिल छ पोखरामा र चलचित्र लवजोनलाई पिजि सर्टिफिकेट प्राप्त भएको छ

बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको चलचित्र मेरो दिल छ पोखरामा र चलचित्र लवजोनलाई पिजि सर्टिफिकेट प्राप्त भएको छ  ।

शंकर अधिकारी घायलको लेखन तथा  निर्देशनमा बनेको नेपाली कथानक चलचित्र लवजोन र  मेरो दिल छ पोखरामा को हिजो सन्चार मन्त्रालय मा सेन्सर भएको छ ।

दुबै चलचित्र लाई पिजि सर्टि्फिकेट दिएको छ । लवजोन मुभी मा ओम बा कार्की को निर्माण सावर अधिकारी को सह निर्माण अनि मेरो दिल छ पोखरामा लाई राम महर्जन ,क्रेजा महर्जन र सावर अधिकारी को निर्माण रहेको छ ।

त्यस्तै चलचित्र लवजोन मा बिक्र्म कार्की को छायांकन ,देव महर्जनको द्वन्द ,राजन महर्जन र सुरेश पान्डेको नृत्य र बिश्वास भण्डारीको सम्पादन रहेको छ।

मेरो दिल छ पोखरामा र लवजोन लाई पिजि सर्टि्फिकेट

लवजोन मुभीमा बिक्रम कार्की , प्रेरणा बोहरा, राजु श्रेष्ठ ,तृष्णा खड्का ,राजन श्रेष्ठ ,डिबि लामा, राजन महर्जन रुबि थापा र बाल कलाकार रचना कार्की को अभिनय रहेको छ ।  

मेरो दिल छ पोखरामा रामकृष्ण कडेल को छायांकन ,देव महर्जनको द्वन्द ,राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन रहेको छ भने राजु पौड्याल ,रन्जु रन्जना रोशन बिसि,गंगा कुवँर, लक्ष्मी श्रेष्ठ ,हेमलता घिमिरे र राजन महर्जन को अभिनय रहेको छ । 

प्रतिक्रिया