कविता :’ए सरकार’

त्रिलोचन सुवेदी/ बर्दिया :

कविता :'ए सरकार'

ए सरकार
ती आँखाबाट खसेका आशुलाई
यति शहज नठानिदेउ
तिमी बसेको कुटि होस या महल
मजदुरको केही हिस्सा मिहिनत नपरेको भा
तिम्रो घरको छानोले उहिल्यै च्यापिसकेको हुन्थ्यो
तिमी बसेको कुर्सिले उहिल्यै खुट्टा खोच्याएको हुन्थ्यो

एक गास खाना
एक घुट्कि पानी नपाएका मज्दुरलाई
बिन्ति नजिस्काईदेउ
यी मजदुर रोईरहेको बेला बिन्ति ननिदाईदेउ
महिनौ हिडेर घर भेटाउन हिडेका ठेला उठेका पैतला हेर
काधमा बसेका रसिका डाम हेर
अनुहारमा बगेका पसिनाका धारा हेर
तिर्खाले प्याक प्याक परेको घाटि हेर
भोकले बाउडिएको पेट हेर
यात्राले बिथोलिएको गर्भवति महिलाको पेट हेर

ए सरकार !
तीमि अझै पनि निदाउन सक्छौ ?
तिमी अझै पनि मौन रहन सक्छौ ?
तिमिले भनेजस्तो
“जाहा हुनुहुन्छ तेहि बस्दिनु होला ” भन्ने कुरा मान्न
तिमी जस्तै सम्पन्न
तिमी जस्तै सरकारले सक्छ ।।


ए सरकार
गारो छ भोको पेटमा नछट्पटाईकन बस्न
तिर्खाएको गला मा सुमधुर गित गुन गुनाएर बस्न
बिन्ति , यी मज्दुरलाई केही चाहिएको छैन
यी मज्दुरलाई चाहिदैन करोडौको कालो धनको हिस्सा
न त चाहिन्छ सत्ता

ए सरकार
कमसेकम यो देशमा सरकार पनि छ
भन्ने अनुभुति गराईदेउ
एक मुठि खाना र एक घुट्कि पानी पुर्याईदेउ

प्रतिक्रिया