रामबहादुर पुन

चीनको वुहानबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणले विश्वलाई आक्रान्त बनाएको छ । कोरोना भाइरसको महामारीले विश्वका सात अर्बमानिसहरु छट्पटाईरहेका छन् । बाँच्नका लागि चिच्याईरहेका छन् । संक्रमितको संख्या पच्चीस लाख पुग्न थालेको छ भने मर्नेको संख्या दुई लाखको नजिक पुगेको छ । नेपालमा संक्रमितको संख्या ४९ पुगिसकेको छ । नेपाल कोरोना भाईरस संक्रमणको उच्च जोखिममा छ । यहि जोखिमबाट बच्नको लागि २०७६ चैत्र ११ गतेदेखि नेपालमा लकडाउन (बन्दाबन्दी) को घोषणा गरिएको छ । यतिबेला विश्वका आधा मानिसहरुले लकडाउन व्यहोर्न बाध्य भएका छन् ।
एक महिनाबितिसक्यो,घरभित्रबस्न थालेको । नेपालगंज बजार सुनसान निदाएको छ त्यो पनि दिनमै । स्कूल, कलेज र सबै कार्यालयहरुमा ताला झुण्डिएका छन् । बस, ट्याक्सी, रिक्सा, साईकलले साँगुरा बन्ने सडकहरु रित्ता भएका छन् । कमिलाको ताँतीसरि मान्छेको हुल देखिदैन,ती सडक र गल्लीहरुमा । बागेश्वरी मन्दिरमा बज्ने घण्टी र शंखको आवाज हराएको छ । मन्दिरहरुको आरतीसँगै निस्कने धुँपबत्तीको बासना हराएकोछ । दिनमापाँच पटक नमाज पढ्नका लागि मस्जिदबाट निस्कने एलानको आवाज हराएको छ ।
विद्यार्थी, कर्मचारी र व्यापारीहरुले आफ्नो कर्मलाई पनि लकडाउन गरेका छन् । कोहि गाउँको घरमा फर्केका छन् । कोहि भाडाको कोठामा बसेका छन् । घर भित्रहुनेहरु बाहिर निस्कदैनन् । सबै घरभित्र बसेका छन्, मनलाई सम्हालेर । अतिब्यस्त नेपालगंज सुनसाननिदाउँदामनले नियास्रो अनुभव गरेको छ । सडकको दाँयाबाँयाउभिएका घरहरुमा मान्छेहरु त छन् तर मान्छे भएको जस्तो खुशी र उमंगको अनुभूतिछैन । घरभित्रबाट मान्छेको आवाज सुनिदैन । चुपचाप छन् । एकले अर्कोलाई हेर्छन् तर मन खोलेर बोल्न मन छैन ।
घर बाहिर निस्कनएक प्रकारको अनौठो डर लाग्छ । अदृश्य त्रास मनको दैलोमा उभिदिन्छ । त्यसलाई जित्ने ताकत छैन । पुष्पलाल चौक, धम्बोझी चौक, विपि चौक,त्रिभुवन चौक र अरु सबै चौकहरु सुनसान छन् । सबै चौबाटा र दोबाटाहरु सुनसान छन् । चौकहरुमानाक मुख छोपेर उभिएकाकेहि प्रहरी मात्रदेखिन्छन् । ईमरजेन्सी कामले निस्कनेलाई सोधपुछ गर्छन् । र, लकडाउनको पालना गर्न अनुरोध गर्छन् । सुर्खेत रोडका सबै प्रतिक्षालयहरु खाली छन् । वाटरपार्क, कारकाँदो, शान्तिनगरका चौताराहरु रित्तै छन् ।
सामान्यदिनहरुमा साँगुरा लाग्ने सडकहरुले आफ्नो चौडाई बढाएको जस्तो फराकिलालाग्छन्। धुँवाधुलोले बजार ढाकेको छैन । बजार माथीको आकाश सफा र प्रस्टै निलो देखिन्छ । पिचहुननपाएका सडकहरुमा घाँस उम्रिएको छ । मान्छेहरु नहिडेपछि झारपातउम्रिने नै भयो । घुल्याम्य बाटोहरुमा कोहि हिडेको निशानी छैन । महिनादिनपहिलेको निशानीपुरिएको छ ।
प्रहरीको भ्यान दौडिन्छ,खाली सडकहरुमा साईरन बजाउदै । केहि प्रहरीका भ्यानहरुबाट कोरोनाबाट बच्न लकडाउनको पालना गर्नुपर्ने अनुरोध गरेको सुनिन्छ, परपरसम्म । छिन्छिन्मा बिरामीबोकेका एम्बुलेन्सहरुको साईरनले घरभित्र बसेकाहरुको मनमात्रास थपिदिन्छ । एम्बुलेन्सको साईरन बज्दा कोरोनाको डर बढेर आउछ ।
सडकहरुमा भुस्याह कुकुरहरु पनिपात्लिएका छन् । कुकुरहरुकालागिखाना छैन । होटेल, रेस्टुरेन्ट, पार्टी, विवाह, भन्डारा, मुडन जस्ता सबै सामाजिक र सांस्कृतिककर्मकाण्डहरु बन्दभएका छन् । सामाजिक र सांस्कृतिककार्यक्रमहरु नभएपछि बिचरा भुस्याह कुकुरहरुको पनिबिचल्लीभएको छ ।
दैनिकउपभोग्य बस्तुहरुको अभावभएको छ । भारतीय तरकारीको आयातबन्दभएको छ । पहाडी जिल्लाहरुबाट आउने तरकारी पनि पहाडमै रोकिएको छ । गाउँबाट आउने दुध र तरकारी आउदैन,बजारमा । बजार रित्तिदै छ ।
यतिलामो लकडाउनले घरभित्र बसेका मान्छेहरुमातनावको भारी बढ्दै गएको छ । सँधै घरबाहिर हुने कर्मचारी, व्यापारी, विद्यार्थी र सामाजिककार्यकर्ताहरुलाई अरुकोभन्दा बढि तनाव बढेको छ । घर अगाडी पछाडी बारी हुनेहरुले बारीमाकाम गरेको देखिन्छ, जीउलाई तन्काउन र मनको तनावबिसाउन। बारी नहुनेहरु घरको बरन्डामा उभिएर बाहिरको वातावरण नियाल्छन् । बाहिरको वातावरण सुनसान देख्छन् । निन्याउरो अनुहार लगाएर कोठाभित्र छिर्छन् ।
घर अगाडी पछाडी बारी नहुनेहरु, बरन्डा नहुनेहरु जो भाडामा बसेकाहरुलाई यो लकडाउनले अरु बढि समस्यादिएको छ । भाडामा बसेकाहरुको कोठामा झ्याल समेत छैन । उज्यालो र हावा राम्ररी छिर्दैन,ती साँगुरा कोठाहरुमा । उनीहरुलाई जीन्दगीको सबैभन्दा कठिन सजायपाएको महसुस भएको छ ।
ज्यालामजदुरी गर्दै भाडामा बसेकाहरुको खाना सकिएको छ । न उनीहरुको बैंक ब्यालेन्स नै छ । गाउँको घरमा जाने यातायातका साधनपनि छैनन् । केहिको त गाउँपनि छैन । जीन्दगीको शुरुवात भाडाको कोठाबाटै गरेकाहरुलाई झन बढि सास्ती छ ।
बालबालिकाहरुलाई घरभित्र राख्नअसाध्यै मुस्किल छ । बालबालिकाहरुलाई लकडाउन भएको छ भन्दापनिबुझ्न सक्दैनन् । बालबालिकाहरुलाई बाआमासँगै कटेजमा बनेको मःमखान मन लागेको छ । सिनेमा हेर्न मन लागेको छ । टिकापुर पार्क, कर्णालीपुल, बुलबुले ताल, लुम्बीनी र पोखरा घुम्नमन लागेको छ । र, ठाकुरद्वाराहात्तीमा सयर गर्न रहर लागेको छ । तर सम्भव छैन । बालबालिकाहरुका रहरहरुलाई अनेक बहनाबनाएर रोक्नु परेको छ ।
बाहिर जानु हुदैन । कोरोनाआएको छ भनेर सबै अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सम्झाउछन् । कोरोना आएको छ भन्नुको अर्थ कोरोनाले मितिलाई खान्छ भन्ने भावमादबाब सृजना गर्न बाध्य छन्, अभिभावकहरु । शुरुशुरुमा त कोरोना कस्तो हुन्छ भन्दै हेर्नका लागि जिद्धी पनि गरे । तर अहिले जिद्धि गर्न छोडेका छन् । बालबालिकाहरु कोरोनाको त्रासले चुपचाप घरभित्र बस्न शुरु गरेका छन् । बालबालिकाले अटेर गर्दा बिरालो आउछ भन्दाचुपलाग्ने बालबालिका कोरोना आउछ भन्दा डराउने गर्छन् । जोगी आउछ । बाघ आउछ । भुत आउछ भन्नु पर्दैन,अहिले । बालबालिकाको मनमाउर्लेर आएको रहर सेलाएको छ ।कोरोनाले निलिदिएको छ ।
केहि बालबालिकाले कोराना बाघभन्दा पनिखतरनाक छ भन्छन् । केहिले भुतको बाउहो भन्छन् । उनीहरुको कोमलदिमागमा कोरोनाले भयंकर चित्र कोरिदिएको छ ।सपनामापनि कोरोना आयो भन्दै बर्बराउने गर्छन् । अधिकांशबालबालिकाहरुले कोरोनालाई बिचित्रको शक्तिको रुपमाबुझेकाछन् । केहि अभिभावकले आफ्ना बालबालिकाहरुलाई कोरोनाको नकारात्मक असर पर्न नदिन र सृजनात्मककार्यमा अभिपे्ररित गर्नमा लागेको देखिन्छ । तर त्यो त्यतिसजिलो भने छैन ।
भान्साको काम गर्नेहरुलाई बढि बोझथपिएको छ । दिनमादुईपटक भान्सामाचुल्हो बाल्नेहरुले अहिले चार पाँच पटक चुल्हो बाल्छन् । तर भान्सामापाक्ने परिकारको आईटम घटेको छ । तर पनिभान्साचलाउनु परेको छ, जसोतसो । चामल, दाल, पिठो, तेल र नुन सकिएको छ । तरकारी र माछामासु पाईदैन । आधा सिलिन्डर ग्यासले कतिदिनचुल्हो बल्छ थाहा छैन । अर्को सिलिन्डर भारतबाट आउछ,या आउदैन थाहा छैन ।
सबै मानिसहरु कोरोनाको समाचार सुन्नकालागिरेडियो र टेलिभिजनखोल्छन् घण्टाघण्टामा । फेसबुक र अनलाईनकाखबरहरु हेर्छन् । लकडाउन भएपछि पत्रिकाको संख्या घटेको छ । सबै पत्रिकाहरु सबैको घरमा आउदैनन् । पत्रिकाप्रशासनहुदैनन् र प्रकाशनभएपनि लकडाउनले गर्दा आउने कुरो भएन ।
चीनमायतिमानिस मरे । अमेरिकामायतिमानिस मरे । ईटालीमा यतिमानिस मरे । स्पेनमायतिमानिस मरे ।फ्रान्समायतिमानिस मरे । भारतमायतिमानिस मरे । नेपालमायति संक्रमितभएभन्ने समाचार सुनिन्छ । चीनमाबिध्वंस मच्चाएको कोरोनाले युरोपमा र अमेरिकामा सनसनीमच्चाएको छ । अनिभारत हुदै नेपालमापनिपाईला टेकिसक्यो । अव मेरो शहर हुदै मेरो घरभित्र छिर्न के बाँकी राख्ला र भन्ने सोचेर सबै चिन्तित छन् । सबै त्रसित छन् । यहितनावको भारीले थिचिरहेको छ ।
चीनमामहामारीको रुप लिएको छ भन्दा नेपालमा त नआउला जस्तो लाग्थ्यो, शुरुशुरुमा । युरोपमामहामारीको रुप लियो । अवत्यो कोरोना युरोप तिर गयो, नेपालभन्दा धेरै टाढा गयो । यहाँ त आउदैन भन्ने लाग्यो । अमेरिकामाबिध्वंशमच्चायो । अमेरिका त युरोपभन्दा पनि टाढा हो भन्ने लाग्यो । भन्दाभन्दै सोच्दासोच्दै भारतमाआयो । भारतमा आएपछि नेपालआउन के बेर ? मन चिसो भयो । खुलासिमाना, रोजगारीको लागिपानीपँधेरोगएजसरि आवतजावतर रोटीबेटीको सामाजिक सम्बन्धलेदिल्ली, मुम्वई, लखनउहुदै नेपालमाआउनकहाँछेकवार छ र !आयो ।
कोरोनाले विश्वको यात्रा गरिसक्यो । महामारीको रुप लिएको छ । संक्रमण हुने संख्या र मर्नेको संख्या बृद्धि भैरहेको छ । समाचार सुन्दा सपना जस्तै लाग्छ । पत्याउनगाह्रो लाग्छ तर नपत्याएर सुखै छैन । चीनबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) विश्वमानवलाई थिलोथिलो बनाएको छ । विश्व नै लकडाउनमा छ । कोरानाको संक्रमण चीनमाकमीआएको समाचारले छट्पटिएको मनलाई सानत्वनादिने गरेको छ । हे, भगवानअव तेरो अन्त्यहोस् !
अत्यावश्यक सामानहरु किनमेल गर्न थोरै समय तरकारी पसल र खाद्यन्नपसलखोल्ने सूचनाछ । हतार हतार घरका एक जना निस्कन्छन् तरकारी र खाद्यन्नकालागि। मानिसको हुल देख्दा सामान्य दिनझैं लाग्छ । तर एकछिनमै झस्किन्छन् सबै, किनमेलमा निस्केकाहरु । सबैले सबैसँग हात मिलाउदैनन् । सन्चो बिसन्चोका कुराकानी गर्दैनन् । सबैको ध्यान कति चाँडो सामान किनु अनि आफ्नो घरभित्र पसू भन्ने चिन्ताले सताएको छ । त्यहि हतासताले नाडीको गति बढ्छ । श्वासप्रस्वासको गति बढ्छ । हस्याङ्गफस्याङ्ग गर्दै आफ्नो घर फर्किन्छन् । एकछिनमा तरकारी बजार र खाद्यन्नपसलको अगाडीको भिड सकिन्छ अनित्यस्तै सुनसान र सन्नटा ।
केहि ईमरजेन्सी कामपर्दा बाहिर निस्कनु पर्यो भने एक्लैनिस्कने आँट सित्तिमित्ति आउदैन । बजार पनि समसानघाट जस्तै लाग्छ । सडकको दाँयाबाँया उभिएका घरहरु नियाल्दा अनौठो डर सहितको अनुभूतिले सताउछ । हिड्दै गरेको सडक अगाडी केहि फुत्तआएर बाटो रोकिदिन्छ कि, या केहि भन्छ कि जस्तो सोच आईदिन्छ । जसले दिमागलाई हल्लाईदिन्छ । सुनसान सडकले, निसमताल घरहरुले, रित्तिएका चौबाटाहरुले किन हिड्छस् मुर्ख भनेर गिज्याएझैं लाग्छ । अनि लाजले लाचार बन्नुपर्छ । छिटो बाटो काटेर घरभित्र छिर्न हतारिन्छन् गोडाहरु । घरको ढोकामा पुगेपछि लामो श्वास फेरेपछि मुटुको घट्कन सामान्य बन्न केहि समय कुर्नुपर्छ ।
घामको ताप जमिन नजिकै आएर तापक्रम बढाउदै छ । चैत्र महिनादेखि तराईको जन जीवनगर्मीले उकुस मुकुस बनाउछ । बिहान बेलुका केहि शितल भएपनि दिउँसोको तातोले जीउबाट खलखली पसिना बगाउछ । चिसो हावापाउन र कोठाभित्र गुम्सिएको मनलाई फुकाउन घरको छतमा उक्लिन्छन्, घरभित्रका मानिसहरु । ओल्लो पल्लो घरका मानिसहरुको अनुहारमा खुशी छैन । हाईहलो हुन्छ,औपचारिकतामा मात्र । सबैका नयनहरुले खाली सडक, प्रतिक्षालय र चौतारा नियाल्छन् मलिन अनुहार लगाएर । अनौठो लाग्छ, सबैलाई यो परिवेश ।
दिनदिनैको दौडधुपले बिश्रामपाएको त छ । तर दौडधुपबाट अलग्गिएर बस्नुको अर्थ कारुणीक लाग्छ । वातावरण शुन्य र शान्त छ । यो आनन्ददिने शान्त होईन । यो त्रासले उब्जिएको मौन शान्तहो । बागेश्वरीको मन्दिरमा दर्शनार्थीहरु आउदैनन् । बागेश्वरी मन्दिरमा रमाउने परेवाहरुलाई मन्दिर उदास लागेको छ । किनकि उनीहरुलाई पनि भोकमारीले सताएको छ । परेवाले पेटमा दाना नहालेको पनि एक महिनाबितिसक्यो । बागेश्वरीमन्दिरको आँगनमा रमाउने परेवाका बथानहरु सुनासन सडकहरुमा आहाराको खोजीमा छन् । घरका आँगनहरुमा पनि परेवाको उपस्थिति बाक्लिएको छ । रित्ता सडकहरुमा परेवामात्र छैनन् । भँगेरा, काग, मैना पनि छन् । उनीहरुलाई मानव विनाका रित्ता सडकहरु नै रमाईलो लागेको छ ।
नेपालगंजको दृश्य हेर्दै काठमान्डौं उडान भर्ने आधादर्जन हवाईजहाजहरु एयरपोर्टमा थन्किएका छन्, कोरोनाकात्रासले । हजारौं मान्छेहरु आउँथे जान्थे, नेपालगंजको दृश्य नियाल्दै । हवाईजहाजको आवाजले नेपालगंजको जमिन नै थर्किन्थ्यो । पशुपंक्षीहरु डराउथे । हवाईजहाजको आवाज, यातायातका साधनहरुको घाँइयाँ घुँईयाँ र मानिसहरुको भिडले आक्रान्त बनेको नेपालगंजले बिश्रामको सास र्फन पाएको छ । वायु प्रदुषणका साथै ध्वनी प्रदुषणले आक्रान्त बनेका पशुपंक्षीहरु भने रमाएको देख्न पाईन्छ ।
आँगनमाभँगेराका जोडीहरु चिरबिर गर्दै यताउता गर्छन् । एकछिन आँगनमा, एकछिन् फूलको बोटमा र एकछिन घरको कौसीमा आउछन् । परसम्म जान्छन्, फेरी फर्केर आउछन् । एकहोरो भँगेराको जोडीको दिनचर्या नियाल्न मन लाग्छ । लाग्छ, यिनीहरुलाई कोरोना भाईरसको डर छैन । लकडाउनले यिनीहरुको यात्रा रोकिएको छैन । यिनीहरु लकडाउन हुनु अघि पनि यसैगरि रमाएकाथिए । यिनीहरुले सोचेका होलान्, यि सडकहरुमा कोचाकोच गर्दै दौडधुप गर्ने मानवहरुकता हराए? बस, ट्रक, कार, रिक्साकताथन्किए?किनगुप्तबास भए?
खाली सडकदेखि आकाशअनि पर क्षितिजसम्मनजर दौडिन्छ । परपरसम्मको दृश्य प्रस्ट देखिन्छ । आकाश सफा छ । निलो आकाशदेखिन्छ । निलो आकाशलाई टेको लगाएको झै लाग्छ, उत्तरको चुरे पहाड । अघिल्लो वर्षहरुमा चैत्र महिनालागेपछि चुरे पहाड देख्नकालागि कोहलपुर काट्नु पथ्र्यो । अझ राम्ररी देख्नकालागि त चिसापानीहात्तीसार जानुपथ्र्यो ।
टेबुलमाथी धेरै पत्रिका र पुस्तकहरु छन् । पुस्तक पढ्न शुरु गर्दा कोरोनाको चित्रमस्तिष्कमा घुम्न थाल्छ । केहि पाना पढे पनित्यो पढियो भन्ने कुरामायाद राम्ररी आउदैन । अनित्यो हातको पुस्तकलाई छोड्नुको विकल्पहुदैन ।
उठेर झ्यालको पर्दा खोलेर परसम्म नियाल्न मन लाग्छ । अहिले बसन्तऋतुले घरको आँगनीमाआरु, आँप, अम्बा, लिचीकाआ–आफ्नै स्वभावका रंगीचंगीफुलहरु फुलेका देखिन्छन् । शिशिरमा नांगिएकाअशोककाबोटहरु झुम्मभएर उभिएका छन् । यस वर्षको नियमित वर्षाले सडक छेउमा हरियो घाँस पलाएको छ । सन्तान सहितको छाडा गाई निर्धक्कसँगचरिरहेकोछ ।
घरको छतमा उभिएर एकहोरो रित्ता सडक र मौन घरहरुको दृश्यदेखि आकाशको निर्मल र सफाक्षितिजनियाल्नु नै दैनिकी बनेको छ । उत्तरको चुरे पहाडको जंगलमाबसन्तऋतुले आगमन गरेको छ । शिशिरमा उजाडिएका रुखहरुमानयाँपालुवाहरुले बैश भरिदिएको छ ।
लकडाउनको उन्तीसौं दिनको राती हुरी बिनाको वर्षा भयो । बैशाखको तातोलाई थोरै चिसो पनि गराएको छ । त्यसले आकाशको घुलो पखालिदियो । त्यसैले परपरसम्म प्रस्ट देख्न सकिने भएको छ । आहा, कति सुन्दर पहाड अंगालोमा राखेर मायापोख्न मन लाग्छ । भावनामा रुमलिएको मनलाई सेकेन्ड सेकेन्डमा अझ परपरसम्म पु¥याउन मन लागेको छ, जहाँक्षितिजले धर्ति टेकेको छ ।
चुरे पहाड भन्दाअझ पर नियाल्छन् एकहोरिएकानयनहरुले । चाँदीसरि चम्किरहेको सेताम्यसिस्ने हिमाल देख्छन् । असाध्यै मन भकानिएर आउछ,भित्रैदेखि । सम्झानाका तरेलीहरुआँखा अगाडी लम्पसार भईदिन्छन् । बाल्यकालत्यहि सिस्ने हिमालको काखमाबित्यो । त्यहिबाट सुसेलीहाल्दै बगेको भेरीले जीवनजीउने कलासिकायो । त्यहिको चिसो हावापानीले आजसम्मजिउने ताकत र साहास दियो । आजप्रदेश नं. ५ को सबैभन्दाउच्चभूमिमादर्ज भएको छ । जुनहाम्रो अमुल्य सम्पत्तिहो ।
सम्झीएँ, गहभरि आँशु भरिएर आए । कर्मका लागि यो शरहरमा झरेको पनिबीस वर्ष भएछ । लामो सास फेरे । मेरी आमाको यादआयो । बाको सम्झानाआयो । त्यहि सिस्ने हिमालकोकाखमापसारिएर बसेको छ, त्यो जन्मभूमि । निद्रामानपर्दासम्म आँखा अगाडी साक्षी बनेर उभिएको सिस्ने हिमालको सुन्दरताअसाध्यै मोहनीलाग्दो हुन्छ । दिनमामात्रहोईन,जुनेली रातको सुन्दरता बिछट्टै खालको लाग्छ ।
मेरी आमाले के गर्दै होलीन् ? सन्चै होलीन् कि बिसन्चो ?आमाको गालाचाउरी परे होलान् । आँखाको नजर कमभईसक्यो होला । कुप्रो परेर घरको आँगनीमा बसेका होलान् बाआमा। टम्म मिलेका दाँतहरु खसे होलान् । अनेक प्रश्नहरु तेर्सिए मनमा । गोठालो गएको बन, घाँस काटेको पाखो,चिसो पानीपिएको झरनाको यादआयो । त्यतिमात्रहोईन गाउँ, साथीसंगी, आफन्तहरुको एक एक गरि सम्झनाआयो । यहिहिमाल सरि अटल भएर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ भनेर आमाले उपदेश दिएको यादआयो ।
त्यो क्षितिजपारीको सिस्ने हिमाललाई हत्केलामा राखुँझैं लाग्यो । अंगालोमा बाधुँझै लाग्यो । टप्प टिपेर ल्याईदिउँझैं लाग्यो । आमाको काखमा लुरीबुरी गर्न मन लाग्यो । आमाले पकाएको सिस्नु र ढिडो पेटभरि खान मन लाग्यो । किनकि कोरोनाको त्रास त्यो सिस्ने हिमालको काखमापनिपुगेको छ । हेर्दाहेर्दै पश्चिमबाट आएको कालो बादलले छोपिदियो, हाँसीरहेको त्यो हिमालको दृश्यलाई । रमाएको मनमापनिकालो बादल मडारियो । मन झस्कियो, कोरोनाको त्रासले ।तल हेर्दा उस्तै सुनसान र सन्नटा छ,रित्ता सडकहरुमा ।
भौतिक रुपमा देखिएको सिस्ने हिमालले भयंकर भावनाको छाल निस्कियो मनबाट । ज्वाँलामुखी र भुकम्पले समुन्द्रको पानीहल्लाए सरि । भावनामाबाआमाको अपार मायामिल्यो । साथीसंगीसँग खेल्न मिल्यो । बनपाखामा घाँस दाउरा गर्न मिल्यो । झरनाको चिसो पानीसँगलुकामारी गर्न मिल्यो । तर आज अटल भएर सिस्ने हिमाल सरि आफ्नो गाउँमाकाम गर्न सकिएन । छोरोको जिम्मेवारी निभाउन सकिएन । बाआमाछोरो आउने आशामाआँगनीको पिढीमा पर्खेर बसेको पनिबीस वर्ष भईसकेछ । कोरोनाले बोकाएको पिडाको भारीमाजन्मभूमिको यादको पिडा थपियो ।
कोरोनाको नाम र काम सानादेखि बृद्धसम्मले थाहापाएका छन् । सबैले नाक मुखमामास्कलगाएका छन् । कसैले मास्कको व्यवस्था गरेका छैनन् भने पनि रुमाल र दोपट्टालाई मास्कको रुपमाप्रयोग गरेका छन् । पटक पटक साबुनपानीले हातधुने बानी परेकोछ । कुनै सामान छुन पनि डर लाग्ने गर्छ । तरकारी आयो भने त्यसमापनि कोरोना छ कि, चामलआयो त्यसमापनि कोरोना छ कि, ग्यास आयो त्यसमापनि कोरोना छ कि भन्ने शंका लाग्छ । दाल चामल, तरकारी, ग्यास घरभित्रनल्याएर पनिजीवनचल्नगाह्रो छ । ल्याउने हो भने कोरोना आउने माध्याम नै त्यहि छ । कोहि मान्छे आयो कि कोरोना आएको छ कि भन्ने त्रासले मन मष्तिष्कलाई फनफनी घुमाईदिन्छ ।
दाल,चामल, तरकारी जे आउछ,त्यसमापनि कोरोना भाईरस हुनसक्छ भन्ने शंका लाग्छ । त्यसैले सफा गर्ने तरिका पनि फेरिएको छ । पकाउने विधि फेरिएको छ । सजकताका साथल्याएर घाममा राख्ने र त्यसलाई राम्ररी धुने चलनमासुधारआएको छ । सामानल्याएको प्लास्टिकलाई वा झोलालाई अलग्गै व्यवस्थापन गर्ने र अन्य सदस्यहरुलाई छुनबाट बचाउने विषयमा सबै सचेत देखिन्छन् । कतिले त तरकारी किन्नजाँदालगाएका कपडाहरु घर बाहिर खोलेर चर्को घाममा सुकाएको पनि देखिन्छ भने कतिले तुरुन्तै धोएको पनि देखिन्छ ।
हेर्दाहेर्दै समय बद्लिएको छ । सामाजिक दुरीले सामाजिक सम्बन्धलाई भत्काईदिएको छ । आफन्तहरु सबै बिरानाभएका छन् । सांस्कृतिक चाडपर्वहरु आए या आएनन् थाहाभएन । चाड किनमनाउनपाएनौं भनेर कसैले कसैलाई गुनासो गर्ने ठाउँ छैन । गुनासो छ त केवल कोरोनाभाइरससँग मात्र । आफन्तहरु कहाँजाने र आफन्तीहरु आउने क्रम रोकिएको छ ।
रंगको होलीआयो । नयाँवर्ष आयो । मातातिर्थ औंसी आमाको मुख हेर्ने दिनआयो । सबै आएर गए । मनमाखुशीआएन । आफन्तलाई प्रत्यक्ष भेटेर माया साटासाट गर्ने, शुभकामनाआदानप्रदान गर्ने र आमाबाट आर्शिबादथाप्ने परम्परालाई रोकिदियो, यो पापी कोरोना भाईरसले । मात्रमनले होली खेलियो, नयाँवर्ष मनाईयो र आमाको मुख हेरियो । बस्, यसमै चित्तबुझाएर सुन्दर भविश्यको कामना गर्नुपरेको छ ।
टोलहरुमाबाहिरको मान्छे आउनमनाही छ भनेर सूचना टाँसिएका छन् । यो घरमा प्रवेश गर्न मनाही छ भनेर गेटमा सूचना टाँसिएका छन् । किनहो कुन्नी,श्रीमति तरकारी लिएर आउँदापनिश्रीमतिलाई अंगालोमा बाँध्नरहर लाग्छ तर डर लाग्छ । श्रीमतिलाई श्रीमानछुन डर लाग्छ । श्रीमानलाई श्रीमति छुन डर लाग्छ । जन्माएको सन्तानलाई काखमा राखेर माया देखाउनडर लाग्छ । आफन्तलाई माया देखाउननपाईने अतिनिष्ठुरी रहेछ,कोरोनाभाइरसको नियम। यसले आफन्तबिचमामाया बढाएको छ तर माया देखाउनदिएको छैन ।
कोरोना भाइरस अजीवको शक्तिलिएर यो संसारमा आएको छ । संसारलाई रुवाएको छ । मानवीय सम्बन्धलाई तहसनहस हुने गरि भत्काईदिएको छ । कोरोनाको यस प्रकारको कठोर र निर्दयीनियमलाई संसारले भयंकर अनौठो मानेको छ ।
फेसबुक, अनलाईन समाचार हेरिरहन मन लाग्छ । तर सँगसँगै त्रास पनिबढ्दैछ । घण्टा घण्टामा कोरोनाको संक्रमण र मृत्युको तथ्यांकमा बृद्धि भएको हुन्छ । असाध्यै डर लाग्छ । कति समाचार हेर्नु ? मरेको मात्र समाचार आउने हो । घटेको समाचार आउने होईन । एक मनले भन्छ । निद्रामापनि कोरोना कै सपना देखिन्छ । विश्वलाई थिलोथिलो बनाएको यो कोरोना भाईरस नपुगेको कुनै विश्वको कुनाबाँकी छैन । जहाँत्यसको संक्रमणबाट बच्न सकियोस् ।
शहरको सन्नटा देख्दा मन भरंग भईदिन्छ । लाग्छ, साच्चै के यो मानव सभ्यतालाई सिध्याउने गरि आएको हो त कोरोना भाईरस ? घरभित्र बसेर कामना गर्न बाहेक अरु उपाया नै के छ र । आशा छ, मानव सभ्यताको ईतिहासले हार्ने छैन । मानव सभ्यताको ईतिहास बलियो छ । मानवले आजसम्मका हरेक बिपत्तिलाई जितेको छ । मानवको अथकप्रयास र प्रयत्नले खोपको विकास हुनेछ । कोरानाको त्रासले खलबलिएको भावनामाखुशीयालीआउनेछ । पहिलाको अवस्थामाअवश्य फर्कनेछ ।
(लेखक पुन बाँकेमा रहेको जनजागगरण समाज नामक गैर सरकारी संस्थामा कार्यकारी व्यवस्थापकको रुपमाकार्यरत छन )










