कोरोनाको अनौठो नियमः माया बढाइदिने, नजिक हुन नदिने

रामबहादुर पुन

कोरोनाको अनौठो नियमः माया बढाइदिने, नजिक हुन नदिने

चीनको वुहानबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणले विश्वलाई आक्रान्त बनाएको छ । कोरोना भाइरसको महामारीले विश्वका सात अर्बमानिसहरु छट्पटाईरहेका छन् । बाँच्नका लागि चिच्याईरहेका छन् । संक्रमितको संख्या पच्चीस लाख पुग्न थालेको छ भने मर्नेको संख्या दुई लाखको नजिक पुगेको छ । नेपालमा संक्रमितको संख्या ४९ पुगिसकेको छ । नेपाल कोरोना भाईरस संक्रमणको उच्च जोखिममा छ । यहि जोखिमबाट बच्नको लागि २०७६ चैत्र ११ गतेदेखि नेपालमा लकडाउन (बन्दाबन्दी) को घोषणा गरिएको छ । यतिबेला विश्वका आधा मानिसहरुले लकडाउन व्यहोर्न बाध्य भएका छन् ।

एक महिनाबितिसक्यो,घरभित्रबस्न थालेको । नेपालगंज बजार सुनसान निदाएको छ त्यो पनि दिनमै । स्कूल, कलेज र सबै कार्यालयहरुमा ताला झुण्डिएका छन् । बस, ट्याक्सी, रिक्सा, साईकलले साँगुरा बन्ने सडकहरु रित्ता भएका छन् । कमिलाको ताँतीसरि मान्छेको हुल देखिदैन,ती सडक र गल्लीहरुमा । बागेश्वरी मन्दिरमा बज्ने घण्टी र शंखको आवाज हराएको छ । मन्दिरहरुको आरतीसँगै निस्कने धुँपबत्तीको बासना हराएकोछ । दिनमापाँच पटक नमाज पढ्नका लागि मस्जिदबाट निस्कने एलानको आवाज हराएको छ ।

विद्यार्थी, कर्मचारी र व्यापारीहरुले आफ्नो कर्मलाई पनि लकडाउन गरेका छन् । कोहि गाउँको घरमा फर्केका छन् । कोहि भाडाको कोठामा बसेका छन् । घर भित्रहुनेहरु बाहिर निस्कदैनन् । सबै घरभित्र बसेका छन्, मनलाई सम्हालेर । अतिब्यस्त नेपालगंज सुनसाननिदाउँदामनले नियास्रो अनुभव गरेको छ । सडकको दाँयाबाँयाउभिएका घरहरुमा मान्छेहरु त छन् तर मान्छे भएको जस्तो खुशी र उमंगको अनुभूतिछैन । घरभित्रबाट मान्छेको आवाज सुनिदैन । चुपचाप छन् । एकले अर्कोलाई हेर्छन् तर मन खोलेर बोल्न मन छैन ।

घर बाहिर निस्कनएक प्रकारको अनौठो डर लाग्छ । अदृश्य त्रास मनको दैलोमा उभिदिन्छ । त्यसलाई जित्ने ताकत छैन । पुष्पलाल चौक, धम्बोझी चौक, विपि चौक,त्रिभुवन चौक र अरु सबै चौकहरु सुनसान छन् । सबै चौबाटा र दोबाटाहरु सुनसान छन् । चौकहरुमानाक मुख छोपेर उभिएकाकेहि प्रहरी मात्रदेखिन्छन् । ईमरजेन्सी कामले निस्कनेलाई सोधपुछ गर्छन् । र, लकडाउनको पालना गर्न अनुरोध गर्छन् । सुर्खेत रोडका सबै प्रतिक्षालयहरु खाली छन् । वाटरपार्क, कारकाँदो, शान्तिनगरका चौताराहरु रित्तै छन् ।

सामान्यदिनहरुमा साँगुरा लाग्ने सडकहरुले आफ्नो चौडाई बढाएको जस्तो फराकिलालाग्छन्। धुँवाधुलोले बजार ढाकेको छैन । बजार माथीको आकाश सफा र प्रस्टै निलो देखिन्छ । पिचहुननपाएका सडकहरुमा घाँस उम्रिएको छ । मान्छेहरु नहिडेपछि झारपातउम्रिने नै भयो । घुल्याम्य बाटोहरुमा कोहि हिडेको निशानी छैन । महिनादिनपहिलेको निशानीपुरिएको छ ।

प्रहरीको भ्यान दौडिन्छ,खाली सडकहरुमा साईरन बजाउदै । केहि प्रहरीका भ्यानहरुबाट कोरोनाबाट बच्न लकडाउनको पालना गर्नुपर्ने अनुरोध गरेको सुनिन्छ, परपरसम्म । छिन्छिन्मा बिरामीबोकेका एम्बुलेन्सहरुको साईरनले घरभित्र बसेकाहरुको मनमात्रास थपिदिन्छ । एम्बुलेन्सको साईरन बज्दा कोरोनाको डर बढेर आउछ ।

सडकहरुमा भुस्याह कुकुरहरु पनिपात्लिएका छन् । कुकुरहरुकालागिखाना छैन । होटेल, रेस्टुरेन्ट, पार्टी, विवाह, भन्डारा, मुडन जस्ता सबै सामाजिक र सांस्कृतिककर्मकाण्डहरु बन्दभएका छन् । सामाजिक र सांस्कृतिककार्यक्रमहरु नभएपछि बिचरा भुस्याह कुकुरहरुको पनिबिचल्लीभएको छ ।

दैनिकउपभोग्य बस्तुहरुको अभावभएको छ । भारतीय तरकारीको आयातबन्दभएको छ । पहाडी जिल्लाहरुबाट आउने तरकारी पनि पहाडमै रोकिएको छ । गाउँबाट आउने दुध र तरकारी आउदैन,बजारमा । बजार रित्तिदै छ ।

यतिलामो लकडाउनले घरभित्र बसेका मान्छेहरुमातनावको भारी बढ्दै गएको छ । सँधै घरबाहिर हुने कर्मचारी, व्यापारी, विद्यार्थी र सामाजिककार्यकर्ताहरुलाई अरुकोभन्दा बढि तनाव बढेको छ । घर अगाडी पछाडी बारी हुनेहरुले बारीमाकाम गरेको देखिन्छ, जीउलाई तन्काउन र मनको तनावबिसाउन। बारी नहुनेहरु घरको बरन्डामा उभिएर बाहिरको वातावरण नियाल्छन् । बाहिरको वातावरण सुनसान देख्छन् । निन्याउरो अनुहार लगाएर कोठाभित्र छिर्छन् ।

घर अगाडी पछाडी बारी नहुनेहरु, बरन्डा नहुनेहरु जो भाडामा बसेकाहरुलाई यो लकडाउनले अरु बढि समस्यादिएको छ । भाडामा बसेकाहरुको कोठामा झ्याल समेत छैन । उज्यालो र हावा राम्ररी छिर्दैन,ती साँगुरा कोठाहरुमा । उनीहरुलाई जीन्दगीको सबैभन्दा कठिन सजायपाएको महसुस भएको छ ।

ज्यालामजदुरी गर्दै भाडामा बसेकाहरुको खाना सकिएको छ । न उनीहरुको बैंक ब्यालेन्स नै छ । गाउँको घरमा जाने यातायातका साधनपनि छैनन् । केहिको त गाउँपनि छैन । जीन्दगीको शुरुवात भाडाको कोठाबाटै गरेकाहरुलाई झन बढि सास्ती छ ।

बालबालिकाहरुलाई घरभित्र राख्नअसाध्यै मुस्किल छ । बालबालिकाहरुलाई लकडाउन भएको छ भन्दापनिबुझ्न सक्दैनन् । बालबालिकाहरुलाई बाआमासँगै कटेजमा बनेको मःमखान मन लागेको छ । सिनेमा हेर्न मन लागेको छ । टिकापुर पार्क, कर्णालीपुल, बुलबुले ताल, लुम्बीनी र पोखरा घुम्नमन लागेको छ । र, ठाकुरद्वाराहात्तीमा सयर गर्न रहर लागेको छ । तर सम्भव छैन । बालबालिकाहरुका रहरहरुलाई अनेक बहनाबनाएर रोक्नु परेको छ ।

बाहिर जानु हुदैन । कोरोनाआएको छ भनेर सबै अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सम्झाउछन् । कोरोना आएको छ भन्नुको अर्थ कोरोनाले मितिलाई खान्छ भन्ने भावमादबाब सृजना गर्न बाध्य छन्, अभिभावकहरु । शुरुशुरुमा त कोरोना कस्तो हुन्छ भन्दै हेर्नका लागि जिद्धी पनि गरे । तर अहिले जिद्धि गर्न छोडेका छन् । बालबालिकाहरु कोरोनाको त्रासले चुपचाप घरभित्र बस्न शुरु गरेका छन् । बालबालिकाले अटेर गर्दा बिरालो आउछ भन्दाचुपलाग्ने बालबालिका कोरोना आउछ भन्दा डराउने गर्छन् । जोगी आउछ । बाघ आउछ । भुत आउछ भन्नु पर्दैन,अहिले । बालबालिकाको मनमाउर्लेर आएको रहर सेलाएको छ ।कोरोनाले निलिदिएको छ ।

केहि बालबालिकाले कोराना बाघभन्दा पनिखतरनाक छ भन्छन् । केहिले भुतको बाउहो भन्छन् । उनीहरुको कोमलदिमागमा कोरोनाले भयंकर चित्र कोरिदिएको छ ।सपनामापनि कोरोना आयो भन्दै बर्बराउने गर्छन् । अधिकांशबालबालिकाहरुले कोरोनालाई बिचित्रको शक्तिको रुपमाबुझेकाछन् । केहि अभिभावकले आफ्ना बालबालिकाहरुलाई कोरोनाको नकारात्मक असर पर्न नदिन र सृजनात्मककार्यमा अभिपे्ररित गर्नमा लागेको देखिन्छ । तर त्यो त्यतिसजिलो भने छैन ।

भान्साको काम गर्नेहरुलाई बढि बोझथपिएको छ । दिनमादुईपटक भान्सामाचुल्हो बाल्नेहरुले अहिले चार पाँच पटक चुल्हो बाल्छन् । तर भान्सामापाक्ने परिकारको आईटम घटेको छ । तर पनिभान्साचलाउनु परेको छ, जसोतसो । चामल, दाल, पिठो, तेल र नुन सकिएको छ । तरकारी र माछामासु पाईदैन । आधा सिलिन्डर ग्यासले कतिदिनचुल्हो बल्छ थाहा छैन । अर्को सिलिन्डर भारतबाट आउछ,या आउदैन थाहा छैन ।

सबै मानिसहरु कोरोनाको समाचार सुन्नकालागिरेडियो र टेलिभिजनखोल्छन् घण्टाघण्टामा । फेसबुक र अनलाईनकाखबरहरु हेर्छन् । लकडाउन भएपछि पत्रिकाको संख्या घटेको छ । सबै पत्रिकाहरु सबैको घरमा आउदैनन् । पत्रिकाप्रशासनहुदैनन् र प्रकाशनभएपनि लकडाउनले गर्दा आउने कुरो भएन ।

चीनमायतिमानिस मरे । अमेरिकामायतिमानिस मरे । ईटालीमा यतिमानिस मरे । स्पेनमायतिमानिस मरे ।फ्रान्समायतिमानिस मरे । भारतमायतिमानिस मरे । नेपालमायति संक्रमितभएभन्ने समाचार सुनिन्छ । चीनमाबिध्वंस मच्चाएको कोरोनाले युरोपमा र अमेरिकामा सनसनीमच्चाएको छ । अनिभारत हुदै नेपालमापनिपाईला टेकिसक्यो । अव मेरो शहर हुदै मेरो घरभित्र छिर्न के बाँकी राख्ला र भन्ने सोचेर सबै चिन्तित छन् । सबै त्रसित छन् । यहितनावको भारीले थिचिरहेको छ ।

चीनमामहामारीको रुप लिएको छ भन्दा नेपालमा त नआउला जस्तो लाग्थ्यो, शुरुशुरुमा । युरोपमामहामारीको रुप लियो । अवत्यो कोरोना युरोप तिर गयो, नेपालभन्दा धेरै टाढा गयो । यहाँ त आउदैन भन्ने लाग्यो । अमेरिकामाबिध्वंशमच्चायो । अमेरिका त युरोपभन्दा पनि टाढा हो भन्ने लाग्यो । भन्दाभन्दै सोच्दासोच्दै भारतमाआयो । भारतमा आएपछि नेपालआउन के बेर ? मन चिसो भयो । खुलासिमाना, रोजगारीको लागिपानीपँधेरोगएजसरि आवतजावतर रोटीबेटीको सामाजिक सम्बन्धलेदिल्ली, मुम्वई, लखनउहुदै नेपालमाआउनकहाँछेकवार छ र !आयो ।

कोरोनाले विश्वको यात्रा गरिसक्यो । महामारीको रुप लिएको छ । संक्रमण हुने संख्या र मर्नेको संख्या बृद्धि भैरहेको छ । समाचार सुन्दा सपना जस्तै लाग्छ । पत्याउनगाह्रो लाग्छ तर नपत्याएर सुखै छैन । चीनबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) विश्वमानवलाई थिलोथिलो बनाएको छ । विश्व नै लकडाउनमा छ । कोरानाको संक्रमण चीनमाकमीआएको समाचारले छट्पटिएको मनलाई सानत्वनादिने गरेको छ । हे, भगवानअव तेरो अन्त्यहोस् !

अत्यावश्यक सामानहरु किनमेल गर्न थोरै समय तरकारी पसल र खाद्यन्नपसलखोल्ने सूचनाछ । हतार हतार घरका एक जना निस्कन्छन् तरकारी र खाद्यन्नकालागि। मानिसको हुल देख्दा सामान्य दिनझैं लाग्छ । तर एकछिनमै झस्किन्छन् सबै, किनमेलमा निस्केकाहरु । सबैले सबैसँग हात मिलाउदैनन् । सन्चो बिसन्चोका कुराकानी गर्दैनन् । सबैको ध्यान कति चाँडो सामान किनु अनि आफ्नो घरभित्र पसू भन्ने चिन्ताले सताएको छ । त्यहि हतासताले नाडीको गति बढ्छ । श्वासप्रस्वासको गति बढ्छ । हस्याङ्गफस्याङ्ग गर्दै आफ्नो घर फर्किन्छन् । एकछिनमा तरकारी बजार र खाद्यन्नपसलको अगाडीको भिड सकिन्छ अनित्यस्तै सुनसान र सन्नटा ।

केहि ईमरजेन्सी कामपर्दा बाहिर निस्कनु पर्यो भने एक्लैनिस्कने आँट सित्तिमित्ति आउदैन । बजार पनि समसानघाट जस्तै लाग्छ । सडकको दाँयाबाँया उभिएका घरहरु नियाल्दा अनौठो डर सहितको अनुभूतिले सताउछ । हिड्दै गरेको सडक अगाडी केहि फुत्तआएर बाटो रोकिदिन्छ कि, या केहि भन्छ कि जस्तो सोच आईदिन्छ । जसले दिमागलाई हल्लाईदिन्छ । सुनसान सडकले, निसमताल घरहरुले, रित्तिएका चौबाटाहरुले किन हिड्छस् मुर्ख भनेर गिज्याएझैं लाग्छ । अनि लाजले लाचार बन्नुपर्छ । छिटो बाटो काटेर घरभित्र छिर्न हतारिन्छन् गोडाहरु । घरको ढोकामा पुगेपछि लामो श्वास फेरेपछि मुटुको घट्कन सामान्य बन्न केहि समय कुर्नुपर्छ ।

घामको ताप जमिन नजिकै आएर तापक्रम बढाउदै छ । चैत्र महिनादेखि तराईको जन जीवनगर्मीले उकुस मुकुस बनाउछ । बिहान बेलुका केहि शितल भएपनि दिउँसोको तातोले जीउबाट खलखली पसिना बगाउछ । चिसो हावापाउन र कोठाभित्र गुम्सिएको मनलाई फुकाउन घरको छतमा उक्लिन्छन्, घरभित्रका मानिसहरु । ओल्लो पल्लो घरका मानिसहरुको अनुहारमा खुशी छैन । हाईहलो हुन्छ,औपचारिकतामा मात्र । सबैका नयनहरुले खाली सडक, प्रतिक्षालय र चौतारा नियाल्छन् मलिन अनुहार लगाएर । अनौठो लाग्छ, सबैलाई यो परिवेश ।

दिनदिनैको दौडधुपले बिश्रामपाएको त छ । तर दौडधुपबाट अलग्गिएर बस्नुको अर्थ कारुणीक लाग्छ । वातावरण शुन्य र शान्त छ । यो आनन्ददिने शान्त होईन । यो त्रासले उब्जिएको मौन शान्तहो । बागेश्वरीको मन्दिरमा दर्शनार्थीहरु आउदैनन् । बागेश्वरी मन्दिरमा रमाउने परेवाहरुलाई मन्दिर उदास लागेको छ । किनकि उनीहरुलाई पनि भोकमारीले सताएको छ । परेवाले पेटमा दाना नहालेको पनि एक महिनाबितिसक्यो । बागेश्वरीमन्दिरको आँगनमा रमाउने परेवाका बथानहरु सुनासन सडकहरुमा आहाराको खोजीमा छन् । घरका आँगनहरुमा पनि परेवाको उपस्थिति बाक्लिएको छ । रित्ता सडकहरुमा परेवामात्र छैनन् । भँगेरा, काग, मैना पनि छन् । उनीहरुलाई मानव विनाका रित्ता सडकहरु नै रमाईलो लागेको छ ।

नेपालगंजको दृश्य हेर्दै काठमान्डौं उडान भर्ने आधादर्जन हवाईजहाजहरु एयरपोर्टमा थन्किएका छन्, कोरोनाकात्रासले । हजारौं मान्छेहरु आउँथे जान्थे, नेपालगंजको दृश्य नियाल्दै । हवाईजहाजको आवाजले नेपालगंजको जमिन नै थर्किन्थ्यो । पशुपंक्षीहरु डराउथे । हवाईजहाजको आवाज, यातायातका साधनहरुको घाँइयाँ घुँईयाँ र मानिसहरुको भिडले आक्रान्त बनेको नेपालगंजले बिश्रामको सास र्फन पाएको छ । वायु प्रदुषणका साथै ध्वनी प्रदुषणले आक्रान्त बनेका पशुपंक्षीहरु भने रमाएको देख्न पाईन्छ ।

आँगनमाभँगेराका जोडीहरु चिरबिर गर्दै यताउता गर्छन् । एकछिन आँगनमा, एकछिन् फूलको बोटमा र एकछिन घरको कौसीमा आउछन् । परसम्म जान्छन्, फेरी फर्केर आउछन् । एकहोरो भँगेराको जोडीको दिनचर्या नियाल्न मन लाग्छ । लाग्छ, यिनीहरुलाई कोरोना भाईरसको डर छैन । लकडाउनले यिनीहरुको यात्रा रोकिएको छैन । यिनीहरु लकडाउन हुनु अघि पनि यसैगरि रमाएकाथिए । यिनीहरुले सोचेका होलान्, यि सडकहरुमा कोचाकोच गर्दै दौडधुप गर्ने मानवहरुकता हराए? बस, ट्रक, कार, रिक्साकताथन्किए?किनगुप्तबास भए?

खाली सडकदेखि आकाशअनि पर क्षितिजसम्मनजर दौडिन्छ । परपरसम्मको दृश्य प्रस्ट देखिन्छ । आकाश सफा छ । निलो आकाशदेखिन्छ । निलो आकाशलाई टेको लगाएको झै लाग्छ, उत्तरको चुरे पहाड । अघिल्लो वर्षहरुमा चैत्र महिनालागेपछि चुरे पहाड देख्नकालागि कोहलपुर काट्नु पथ्र्यो । अझ राम्ररी देख्नकालागि त चिसापानीहात्तीसार जानुपथ्र्यो ।

टेबुलमाथी धेरै पत्रिका र पुस्तकहरु छन् । पुस्तक पढ्न शुरु गर्दा कोरोनाको चित्रमस्तिष्कमा घुम्न थाल्छ । केहि पाना पढे पनित्यो पढियो भन्ने कुरामायाद राम्ररी आउदैन । अनित्यो हातको पुस्तकलाई छोड्नुको विकल्पहुदैन ।

उठेर झ्यालको पर्दा खोलेर परसम्म नियाल्न मन लाग्छ । अहिले बसन्तऋतुले घरको आँगनीमाआरु, आँप, अम्बा, लिचीकाआ–आफ्नै स्वभावका रंगीचंगीफुलहरु फुलेका देखिन्छन् । शिशिरमा नांगिएकाअशोककाबोटहरु झुम्मभएर उभिएका छन् । यस वर्षको नियमित वर्षाले सडक छेउमा हरियो घाँस पलाएको छ । सन्तान सहितको छाडा गाई निर्धक्कसँगचरिरहेकोछ ।

घरको छतमा उभिएर एकहोरो रित्ता सडक र मौन घरहरुको दृश्यदेखि आकाशको निर्मल र सफाक्षितिजनियाल्नु नै दैनिकी बनेको छ । उत्तरको चुरे पहाडको जंगलमाबसन्तऋतुले आगमन गरेको छ । शिशिरमा उजाडिएका रुखहरुमानयाँपालुवाहरुले बैश भरिदिएको छ ।

लकडाउनको उन्तीसौं दिनको राती हुरी बिनाको वर्षा भयो । बैशाखको तातोलाई थोरै चिसो पनि गराएको छ । त्यसले आकाशको घुलो पखालिदियो । त्यसैले परपरसम्म प्रस्ट देख्न सकिने भएको छ । आहा, कति सुन्दर पहाड अंगालोमा राखेर मायापोख्न मन लाग्छ । भावनामा रुमलिएको मनलाई सेकेन्ड सेकेन्डमा अझ परपरसम्म पु¥याउन मन लागेको छ, जहाँक्षितिजले धर्ति टेकेको छ ।

चुरे पहाड भन्दाअझ पर नियाल्छन् एकहोरिएकानयनहरुले । चाँदीसरि चम्किरहेको सेताम्यसिस्ने हिमाल देख्छन् । असाध्यै मन भकानिएर आउछ,भित्रैदेखि । सम्झानाका तरेलीहरुआँखा अगाडी लम्पसार भईदिन्छन् । बाल्यकालत्यहि सिस्ने हिमालको काखमाबित्यो । त्यहिबाट सुसेलीहाल्दै बगेको भेरीले जीवनजीउने कलासिकायो । त्यहिको चिसो हावापानीले आजसम्मजिउने ताकत र साहास दियो । आजप्रदेश नं. ५ को सबैभन्दाउच्चभूमिमादर्ज भएको छ । जुनहाम्रो अमुल्य सम्पत्तिहो ।

सम्झीएँ, गहभरि आँशु भरिएर आए । कर्मका लागि यो शरहरमा झरेको पनिबीस वर्ष भएछ । लामो सास फेरे । मेरी आमाको यादआयो । बाको सम्झानाआयो । त्यहि सिस्ने हिमालकोकाखमापसारिएर बसेको छ, त्यो जन्मभूमि । निद्रामानपर्दासम्म आँखा अगाडी साक्षी बनेर उभिएको सिस्ने हिमालको सुन्दरताअसाध्यै मोहनीलाग्दो हुन्छ । दिनमामात्रहोईन,जुनेली रातको सुन्दरता बिछट्टै खालको लाग्छ ।

मेरी आमाले के गर्दै होलीन् ? सन्चै होलीन् कि बिसन्चो ?आमाको गालाचाउरी परे होलान् । आँखाको नजर कमभईसक्यो होला । कुप्रो परेर घरको आँगनीमा बसेका होलान् बाआमा। टम्म मिलेका दाँतहरु खसे होलान् । अनेक प्रश्नहरु तेर्सिए मनमा । गोठालो गएको बन, घाँस काटेको पाखो,चिसो पानीपिएको झरनाको यादआयो । त्यतिमात्रहोईन गाउँ, साथीसंगी, आफन्तहरुको एक एक गरि सम्झनाआयो । यहिहिमाल सरि अटल भएर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ भनेर आमाले उपदेश दिएको यादआयो ।

त्यो क्षितिजपारीको सिस्ने हिमाललाई हत्केलामा राखुँझैं लाग्यो । अंगालोमा बाधुँझै लाग्यो । टप्प टिपेर ल्याईदिउँझैं लाग्यो । आमाको काखमा लुरीबुरी गर्न मन लाग्यो । आमाले पकाएको सिस्नु र ढिडो पेटभरि खान मन लाग्यो । किनकि कोरोनाको त्रास त्यो सिस्ने हिमालको काखमापनिपुगेको छ । हेर्दाहेर्दै पश्चिमबाट आएको कालो बादलले छोपिदियो, हाँसीरहेको त्यो हिमालको दृश्यलाई । रमाएको मनमापनिकालो बादल मडारियो । मन झस्कियो, कोरोनाको त्रासले ।तल हेर्दा उस्तै सुनसान र सन्नटा छ,रित्ता सडकहरुमा ।

भौतिक रुपमा देखिएको सिस्ने हिमालले भयंकर भावनाको छाल निस्कियो मनबाट । ज्वाँलामुखी र भुकम्पले समुन्द्रको पानीहल्लाए सरि । भावनामाबाआमाको अपार मायामिल्यो । साथीसंगीसँग खेल्न मिल्यो । बनपाखामा घाँस दाउरा गर्न मिल्यो । झरनाको चिसो पानीसँगलुकामारी गर्न मिल्यो । तर आज अटल भएर सिस्ने हिमाल सरि आफ्नो गाउँमाकाम गर्न सकिएन । छोरोको जिम्मेवारी निभाउन सकिएन । बाआमाछोरो आउने आशामाआँगनीको पिढीमा पर्खेर बसेको पनिबीस वर्ष भईसकेछ । कोरोनाले बोकाएको पिडाको भारीमाजन्मभूमिको यादको पिडा थपियो ।

कोरोनाको नाम र काम सानादेखि बृद्धसम्मले थाहापाएका छन् । सबैले नाक मुखमामास्कलगाएका छन् । कसैले मास्कको व्यवस्था गरेका छैनन् भने पनि रुमाल र दोपट्टालाई मास्कको रुपमाप्रयोग गरेका छन् । पटक पटक साबुनपानीले हातधुने बानी परेकोछ । कुनै सामान छुन पनि डर लाग्ने गर्छ । तरकारी आयो भने त्यसमापनि कोरोना छ कि, चामलआयो त्यसमापनि कोरोना छ कि, ग्यास आयो त्यसमापनि कोरोना छ कि भन्ने शंका लाग्छ । दाल चामल, तरकारी, ग्यास घरभित्रनल्याएर पनिजीवनचल्नगाह्रो छ । ल्याउने हो भने कोरोना आउने माध्याम नै त्यहि छ । कोहि मान्छे आयो कि कोरोना आएको छ कि भन्ने त्रासले मन मष्तिष्कलाई फनफनी घुमाईदिन्छ ।

दाल,चामल, तरकारी जे आउछ,त्यसमापनि कोरोना भाईरस हुनसक्छ भन्ने शंका लाग्छ । त्यसैले सफा गर्ने तरिका पनि फेरिएको छ । पकाउने विधि फेरिएको छ । सजकताका साथल्याएर घाममा राख्ने र त्यसलाई राम्ररी धुने चलनमासुधारआएको छ । सामानल्याएको प्लास्टिकलाई वा झोलालाई अलग्गै व्यवस्थापन गर्ने र अन्य सदस्यहरुलाई छुनबाट बचाउने विषयमा सबै सचेत देखिन्छन् । कतिले त तरकारी किन्नजाँदालगाएका कपडाहरु घर बाहिर खोलेर चर्को घाममा सुकाएको पनि देखिन्छ भने कतिले तुरुन्तै धोएको पनि देखिन्छ ।

हेर्दाहेर्दै समय बद्लिएको छ । सामाजिक दुरीले सामाजिक सम्बन्धलाई भत्काईदिएको छ । आफन्तहरु सबै बिरानाभएका छन् । सांस्कृतिक चाडपर्वहरु आए या आएनन् थाहाभएन । चाड किनमनाउनपाएनौं भनेर कसैले कसैलाई गुनासो गर्ने ठाउँ छैन । गुनासो छ त केवल कोरोनाभाइरससँग मात्र । आफन्तहरु कहाँजाने र आफन्तीहरु आउने क्रम रोकिएको छ ।

रंगको होलीआयो । नयाँवर्ष आयो । मातातिर्थ औंसी आमाको मुख हेर्ने दिनआयो । सबै आएर गए । मनमाखुशीआएन । आफन्तलाई प्रत्यक्ष भेटेर माया साटासाट गर्ने, शुभकामनाआदानप्रदान गर्ने र आमाबाट आर्शिबादथाप्ने परम्परालाई रोकिदियो, यो पापी कोरोना भाईरसले । मात्रमनले होली खेलियो, नयाँवर्ष मनाईयो र आमाको मुख हेरियो । बस्, यसमै चित्तबुझाएर सुन्दर भविश्यको कामना गर्नुपरेको छ ।

टोलहरुमाबाहिरको मान्छे आउनमनाही छ भनेर सूचना टाँसिएका छन् । यो घरमा प्रवेश गर्न मनाही छ भनेर गेटमा सूचना टाँसिएका छन् । किनहो कुन्नी,श्रीमति तरकारी लिएर आउँदापनिश्रीमतिलाई अंगालोमा बाँध्नरहर लाग्छ तर डर लाग्छ । श्रीमतिलाई श्रीमानछुन डर लाग्छ । श्रीमानलाई श्रीमति छुन डर लाग्छ । जन्माएको सन्तानलाई काखमा राखेर माया देखाउनडर लाग्छ । आफन्तलाई माया देखाउननपाईने अतिनिष्ठुरी रहेछ,कोरोनाभाइरसको नियम। यसले आफन्तबिचमामाया बढाएको छ तर माया देखाउनदिएको छैन ।

कोरोना भाइरस अजीवको शक्तिलिएर यो संसारमा आएको छ । संसारलाई रुवाएको छ । मानवीय सम्बन्धलाई तहसनहस हुने गरि भत्काईदिएको छ । कोरोनाको यस प्रकारको कठोर र निर्दयीनियमलाई संसारले भयंकर अनौठो मानेको छ ।

फेसबुक, अनलाईन समाचार हेरिरहन मन लाग्छ । तर सँगसँगै त्रास पनिबढ्दैछ । घण्टा घण्टामा कोरोनाको संक्रमण र मृत्युको तथ्यांकमा बृद्धि भएको हुन्छ । असाध्यै डर लाग्छ । कति समाचार हेर्नु ? मरेको मात्र समाचार आउने हो । घटेको समाचार आउने होईन । एक मनले भन्छ । निद्रामापनि कोरोना कै सपना देखिन्छ । विश्वलाई थिलोथिलो बनाएको यो कोरोना भाईरस नपुगेको कुनै विश्वको कुनाबाँकी छैन । जहाँत्यसको संक्रमणबाट बच्न सकियोस् ।

शहरको सन्नटा देख्दा मन भरंग भईदिन्छ । लाग्छ, साच्चै के यो मानव सभ्यतालाई सिध्याउने गरि आएको हो त कोरोना भाईरस ? घरभित्र बसेर कामना गर्न बाहेक अरु उपाया नै के छ र । आशा छ, मानव सभ्यताको ईतिहासले हार्ने छैन । मानव सभ्यताको ईतिहास बलियो छ । मानवले आजसम्मका हरेक बिपत्तिलाई जितेको छ । मानवको अथकप्रयास र प्रयत्नले खोपको विकास हुनेछ । कोरानाको त्रासले खलबलिएको भावनामाखुशीयालीआउनेछ । पहिलाको अवस्थामाअवश्य फर्कनेछ ।

(लेखक पुन बाँकेमा रहेको जनजागगरण समाज नामक गैर सरकारी संस्थामा कार्यकारी व्यवस्थापकको रुपमाकार्यरत छन )

प्रतिक्रिया