ऋषि कपुरको अन्तिम संस्कारमा १५ जना मात्र सहभागी हुने

काठमाडौ:

बलिउड अभिनेता ऋषि कपुरको बिहीबार बिहान अस्पतालमा निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना भएका उनको ६७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी लामो समयदेखि क्यान्सर रोगबाट पिडित थिए । 

उनको निधन क्यान्सरकै कारण भएको जनाइएको छ । उनको निधनको खबरले अहिले बलिउड नै शोकमा डुबेको छ । उनको निधनमा सबै कलाकारले दुख व्यक्त गरेका छन् । उनको अन्तिम संस्कार अब केही घण्टामा नै गरिने जनाइएको छ । 

कोरोनाको रोकथामको लागि गरिएको लकडाउनलाई पालना गर्दै उनको अन्तिम संस्कारमा १५ जना मात्र उपस्थित हुने भारतिय मिडियाले जनाएका छन् । अन्तिम संस्कारमा बलिउडका कलाकारलाई प्रहरीले  सहभागी हुन नदिने बताइएको छ । प्रशासनले  अन्तिम संस्कारमा १५ जना मात्र उपस्थित हुन अनुरोध गरेको जनाइएको छ । 

प्रतिक्रिया