काठमाडौं :

चर्चित बलिउड अभिनेता सलमान खानले आज आफ्नो जन्मदिन मनाएका छन। आजबाट ५४ वर्षमा प्रवेश गरेका खानले भाइ सोहेल खानको घरमा जन्मदिन मनाएका हुन् ।
भाइले आयोजना गरेको जन्मदिन विशेष कार्यक्रममा सलमानलाई जन्मदिनको शुभकामना दिनको लागि साहरुख खानदेखि कट्रिना कैफ, सोनाक्षी सिन्हा लगायतका बलिउड कलाकार पुगेका थिए ।
सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका सलमानलाई आज उनका फ्यान लगायत धेरै शुभचिन्तकले शुभकामना दिइरहेका छन।
बलिउडका सफल नायक भनेर चिनिने उनका पछिल्लो दशकमा मात्र १६ चलचित्रमध्ये १५ चलचित्र सय करोड क्लबमा प्रवेश गरेका छन् । उनीद्वारा अभिनित चलचित्र “दबंग ३” प्रदर्शन भइरहेको छ।









