नेपालगंज :

अहिले विश्वनै कोरोना संक्रमणले पिडामा छ।कोरोना महामारीबाट बच्न अहिलेको परिवेशमा एकमात्र उपाय दुरी कायम गरी घरमै बस्नुनै रहेकोले सबै तीर लक डाउन गरिएको छ।
अहिले हामी सबै मिलि कोरोना महामारी संग जुध्नको लागि एकमात्र उपाय लकडाउनको पालनाले नै हाम्रो देशमा यसले महामारीकै रुपमा लिईसकेको त छैन तर पनि कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढि रहेको छ |
यसै सन्दर्भमा धरानका केहि संगीतकर्मीहरु मिलि कोरोना महामारी बाट बच्न घरमै बसौं भन्दै एउटा सचेतना मुलक गीतको भिडियो तयार गरेका छन्।
संगीतकर्मीहरु रोहित मास्के ,हेमसुब्बा ,सन्जिब लामा तामांग र मनोज मोतेको समुहले घरमै गीत रेकर्ड गरेर मोबाईलबाट नै भिडियो खिचेर मोबाईलबाट नै सम्पादन गरी म्युजिक भिडियो समेत तयार गरेका छन्।
हेर्नुस गीत









