काठमाडौं –

बलिउडमा धेरैजसो अभिनेता रणवीर कपुर र आलिया भट्ट प्रेमको बारे चर्चा भइरहने गर्छ । लामो समयदेखी एकअर्काको प्रेममा रहेका यी दुई केही समयअघि देखि डेट गरिरहेका छन् । यी दुईको प्रेम सम्बन्ध बारे सामाजिक सञ्जालमा बिभिन्न कुराहरु पनि आइरहेका छन् ।
सामाजिक सञ्जालमा यी दूइ विवाह बन्धनमा बाधिँन लागेको चर्चा पनि चलेको थियो । हालै रणवीरका पिता ऋषि कपूरको निधन भयो । भारतिय मिडियाका अनुसार निधन हुनुअघि ऋषि कपूरले रणवीर र आलियाको सम्बन्ध त्यति मन पराउदैनथे । उनी रणवीरको बिहे आलियासँग नभई अरु कसैसँग गर्न चाहन्थे ।
सन् २०१८ मा उनले सामाजिक सञ्जाल ट्वीटरमा एक तस्बिर शेयर गरेका थिए । उनले शेयर गरेको तस्वीरमा आयन मुखर्जी र रणवीर छन्। उक्त तस्वीर शेयर गर्दै ऋषिले लेखेका थिए – ‘मिल्ने साथी, के हुन्छ यी दुईले बिहे गरे भने ? ‘ फिल्म वेक अप सिडमा रणवीर र आयन एकसाथ काम गरेका थिए । भारतिय मिडियाका अनुसार ऋषि कपूर बिरामी हुँदा आलिया र आयन दुबैले सहयोग गरेका थिए ।









