काठमाडौं –

बलिउडमा धेरैजसो आफ्नो हट फोटोसुटका कारण चर्चामा आइरहने अभिनेत्री तथा मोडल हुन् शर्लिन चोपडा । सामाजिक सञ्जालमा सक्रिय भइरहने उनले बेला बेलामा आफ्ना हट तस्बिरहरु शेयर गरिरहने गर्छिन् ।
केही फिल्ममा अभिनय गरेपनि खासै प्रगति गर्न नसकेकी शर्लिनले हालै आफ्नो बारे एक कुरा खुलासा गरेकी छिन् । उनले आफुलाई खाना खाने भन्दै निर्माताहरुले बोलाउने गरेको बताएकी छिन् ।
उनले भनिन् – ‘रातको ११ र १२ बजेतिर डिनरको लागि बोलाउँथे । तर मलाई बिश्वास नै लाग्ने थिएन् । र म गइन् मैले डिनरको मतलब बुझेँ । त्यसपछि आफू डाइटिङमा भएको र बिहान ब्रेकफास्टको लागि बोलाउँन आग्रह गर्थे । ‘
कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय उनी घरमै छिन् । उनले केही समयअघि लकडाउनको समयमा आफुले गरेका कामहरुबारे आफ्ना फ्यानहरुलाई जानकारी गराएकी थिइन् । उनले लकडाउनमा भैसीको दुध दुहेको भन्दै तस्बिर शेयर गरेकी थिइन् ।









