
विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४१ लाख ७९ हजार ८ सय ३९ पुगेको छ । साथै कोरोनाबाट २ लाख ८३ हजार ८ सय ५० जनाको ज्यान गएको छ ।
संक्रमितमध्ये १४ लाख ९० हजार ५११ जना निको भएर घर फर्केका छन् भने निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या २४ लाख ५ हजार ४७८ रहेको छ । तीमध्ये ४७ हजार ४० जना गम्भीर बिरामी रहेको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ ।
कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिकामा मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । त्यहाँ ८० हजार ७८७ जनाको मृत्यु भएको छ भने १३ लाख ६७ हजार ६३८ जना संक्रमित भएका छन् । त्यहाँ भएका संक्रमितमध्ये १६ हजार ५ सय १४ जना गम्भिर अवस्थामा रहेका छन् ।











