सामाजिक दुरी कायम राख्दै नेपालगन्ज मेडिकल कलेजले ओपिडी सेवा सुचारु गर्ने

नेपालगन्ज:

सामाजिक दुरी कायम राख्दै नेपालगन्ज मेडिकल कलेजले ओपिडी सेवा सुचारु गर्ने

विश्व भर फैलिएको महामारी कोभिड १९ का कारण नेपाल सरकारले लकडाउन लगाए पश्चात् नियमितरूपमा अस्पतालमा ओपिडी सेवा सञ्चालन हुन नपाएको अबस्थामा सामाजिक दुरी कायम गर्दै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा बैशाख २९ गते आज सोमबारदेखि र नेपालगन्जले जेष्ठ १ गतेदेखि सेवा सञ्चालन गर्ने भएको छ ।

कोरोना महामारीका कारण आपतकालिन सेवा मात्र प्रवाह हुँदा, अन्य रोगका बिरामी उत्पन्न हुने जोखिम र जटिलतालाई न्यूनिकरण गर्न General OPD (बहिरङ्ग) सेवा सुचारु भएको जानकारी गराइएको छ । सो स्वास्थ्य सेवा लिन अस्पताल प्रशासनले जोखिम न्यूनिकरण गर्न निर्धारण गरेका नियमको पालना गरी स्वास्थ्य सेवा लिन अनुरोध गरिन्छ ।

अहिलेलाई बिहान ९ बजेदेखि १ बजे सम्ममा एक घण्टामा २५ जना जति बिरामीहरुको स्वास्थ्य चेकजाँच गर्ने गरी व्यवस्था गरिएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का सहायक निर्देशक डा- नितेश कुमार कानोडियाले बताउनुभयो । स्वास्थ्यलाई सबैभन्दा पहिलो प्राथमिकता दिनु निकै आवश्यक भएको बताउदै उहाँले बिरामी अस्पतालमा आउदा अनिवार्य माक्स लगाएको हुनुपर्ने , एकजना बिरामीसित एकजना मात्र भिजिटर आउन पाउने गरि प्रवन्ध मिलाइएको बताउनुभयो ।

बिरामी अस्पताल प्रवेश गर्दा मुख्य गेटमा ज्वरो नाप्ने लगायतको चेकजाँच अस्पतालले गर्ने नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका सहायक निर्देशक डा- रोमन किदुवाईले बताउनुभयो । उहाँले चिकित्सक तथा कर्मचारीले उच्च सतर्कता अपनाएर सेवा दिइने बताउनुभयो ।

अहिले अस्पतालमा ईमर्जेन्सी सेवा, ज्वरो क्लिनिक , प्रयोगशाला , एक्सरे विभाग, रेडियोलोजी विभाग, आइसियु, एनअाइसियु , ओटी, खोप क्लिनिक लगायतका अति अावश्यक विभागहरु सञ्चालनमा रहेका छन् ।

स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय, अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुसंग समन्वय गरेर ओ-पि-डी- सेवा सुचारु गर्न लागेको डा- कानोडियाले बताउनुभयो ।

प्रतिक्रिया